
गोरेसहित ३३ फरार बहुचर्चित साढे ३३ किलो अवैध सुन र शाक्य हत्या प्रकरणको मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ र एसएसपी श्यामबहादु खत्री सहित ३३ जना अझै फरार छन् । प्रहरीका अनुसार फरार हुनेमा धरान घर भई काठमाडौंमा गोल्ड सिल्भर प्यालेस सञ्चालन गर्दै आएका सुनिल श्रेष्ठ, भोजपुर दिङ्ला घर भई काठमाडौं बस्दै आएकी रक्षा भण्डारी, मोरङ सुनवर्षी नगरपालिका– ६ का अर्जुनप्रसाद खरेल, पर्वत पैयू गाउँपालिका–७ का रोशन भन्ने गुप्तलाल भुषाल, काभ्रेपलान्चोक घर भएका रामहरि कार्की, पोखरा लेखनाथ महानगरपालिकाका–२१ का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ का सञ्जय अधिकारी र समिर अधिकारी फरार छन्। त्यस्तै धनकुटा घर भई काठमाडौं बस्दै आएकी गिता श्रेष्ठ, गोरेकी श्रीमती मोरङ उर्लावारीकी नर्बदा खरेल उप्रेती, मोरङ कानेपोखरी–४ का माधव आचार्य, मोरङ सुन्दरहरैचाका ओमप्रकाश नेवार, सुनसरी धरानका सुनिलकुमार अग्रवाल, झापा शिवसत्तासी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाल, उर्लाबारी नगरपालिका–७ घर भई काठमाडौं बस्दै आएका रमेश उप्रेती, काठमाडौंमा बाजेको सेकुवा पसल सञ्चालन गर्दै आएका चेतन भन्ने चेतनाथ भण्डारी, काठमाडौं बानेश्वरका प्रमोदकुमार श्रेष्ठ, इटहरी–६ का वेनु श्रेष्ठ, काभ्रेपलान्चोक बेथान चोक गाउँपालिकाका हरिसरण खडका, बाग्लुङ काठेखोला गाउँपालिका–७ का कमल कार्की, काठमाडौं–१६ का मणिराज चौलागाई, सिन्धुपाल्चोक सुन्दरी गाउँपालिका–१ का शिवकुमार गुभाजु, हेटौडा उपमहानगरपालिका–४ का सुरेन्द्र गौतम, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का टुकबहादुर मगर, मोरङ उर्लाबारीका भविन तामाङ, काठमाडौ महानगर–२९ बस्ने एम के भन्ने मोहनकुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका–४ का छिरिङ वाङगेल घले फरार छन् ।