काठमाडौ/ उत्तरी सीरियामा कैयौं सैनिक क्षेत्रमा भएको मिसाइल हमलामा दर्जनौं सरकार समर्थक लडाकुहरु मारिएको छ ।

ब्रिटेनस्थित एउटा निगरानी समूहको भनाइ छ कि यो हमलामा २६ सरकार समर्थक लडाकु मारिएका थिए जसमा धेरैजसो ईरानी थिए ।  सीरियाली सेनाका अनुसार हमा र अलेप्पो प्रान्तमा सैनिक क्षेत्रलाई निशाना बनाइएको छ । तथापि सेनाले हमलामा मारिएका वा घाइते भएका व्यक्तिहरुको बारेमा तुरुन्तै कुनै जानकारी दिएको छैन ।

बीबीसी