भद्रपुर । नेपाल बन्धुहरुले आयोजना गरेको कुलपुजामा विविध कार्यक्रमसहित चार जनालाई सम्मान गरिएको छ । नेपाल कुलबशं पूजा प्रतिष्ठान चन्द्रगढी झापाले सोमबार भद्रपुर १० मा देवाली पूजा तथा सम्मान कार्यक्रम अन्तर्गत संस्थागत अध्यक्ष,जेष्ठ नागरिक र सन्ततीका छोरा छोरीलाई सम्मान गरिएको हो । समितिले जेष्ठ नागरिकमा प्रतिष्ठानका अध्यक्ष भद्रपूर १० का डिल्लीरमण नेपाल र अर्जुनधारा नगरपालिकाका दिव्यराज नेपाललाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरि २०७४ को एसइइमा ३ दशमलव ६० प्रतीशत अङ्क ल्याई वन्धु उत्कृष्ट भएका भद्रपुरका छात्र सुलभ र ३ दशमलव ३५ प्रतिशत अङ्क ल्याउने भद्रपुरकै कामना नेपाललाई ११सय नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा कुर्सी छक्काइ,रमाइलो चिठ्ठा लगायतका मनोरञ्जनात्मक प्रतियोगिता सञ्चालन गरिएको थियो । पूजा आयोजक समितिका अध्यक्ष बालचन्द्र नेपालको अध्यक्षता तथा सिलीगुढी नेपाली विभागका प्रमुख .नरेन्द्र नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शालिकग्राम नेपालले ०५८ साल देखि हालसम्मको आय–व्यय प्रस्तुत गर्दै ३६ हजार ५५ रुपैया बचत रहेको जानकारी गराएका थिए । डाक्टर पङ्कज नेपालले मन्तव्य राखेका थिए भने कार्यक्रमको औचित्यमाथि रविचन्द्र नेपालले प्रष्ट पारेका थिए । पूजा आयोजक समितिका संयोजक तथा प्रतिष्ठानका सचिव रेवतीरमण नेपालले सञ्चालन गरेको कार्यक्रममा झापा लगायत छिमेकी जिल्ला तथा बाहिरी देशका गरि दुइसय भन्दा बढी नेपाल बन्धुको सहभागिता रहेको थियो ।