विराटनगर । अल्पायुमै छोरा र श्रीमान् गुमाएर पीडामा रहेका सनम शाक्यकी आमा कल्पना र श्रीमती सुनिताको अनुहार मलिन देखिन्थ्यो । उनीहरू अझै पनि टोलाइरहेका छन् ।
उर्लाबारी–७ स्थित घरमा ब्लाष्टकर्मी पुग्दा उनीहरूले दोषी जति सबैलाई कडा कारवाही हुनुपर्ने माग गरे । सनमकी आमा कल्पनाले आप्mनो ३६ वर्षीय जेठो छोरोको हत्या गर्ने मुख्य नाइके ‘गोरे’ र अन्यलाई कडा कारवाही गर्न माग गरिन् । ‘आप्mनै ठाउँमा सानोतिनो कारोबार गरेर छोराले जीवन चलाइरहेको थियो’, घरको बलेँसीमा बसेर मलिन स्वरमा आमाले भनिन्, ‘एक छोरी र श्रीमतीसँग परिवारमा रमाइरहेको थियो । छोरामा लोभलालच पनि थिएन ।’ घर बेचेर अन्तै घडेरी किनेर घर बनाउने र उब्रेको पैसा ठेक्कापट्टा कारोबारमा लगाउने योजना भइरहेको उनले सुनाइन् ।
‘तर दुई वर्षअघि विकेस र गोरे भन्ने साथीले फकाएर काठमाडौँ लग्यो’, उनी भन्छिन्, ‘गोरेको व्यापारको लेखा हेर्ने काम गर्छु भन्थ्यो । हामीलाई सामान्य तलब छ भन्ने गथ्र्यो ।’ आपूmहरूलाई कहिल्यै अकुत पैसा ल्याएर नदिएको आमाले सुनाइन् । एकपल्ट मेरै करले बुहारी र छोरीलाई काठमाडौँ घुमाउन लगेको जनाउँदै उनले भनिन्, ‘सम्पत्तिको नाममा हाम्रो यही एउटा चिया पसल र काठको यही घर हो । जीविका चलाउने अर्को उपाय छैन ।’
‘गोरेले नबोलाएको भए मेरो छोरा काठमाडौँ जाने नै थिएन’, उनले भनिन्, ‘काठामाडौँ नगएको भए उसको ज्यान पनि नजाने रहेछ । मेरो छोराको हत्यारा र त्यो सुन तस्करीको मुख्य नाइके गोरेलाई जहाँबाट भए पनि पक्राउ गरेर ल्याउनुपर्छ । हत्यामा संलग्न सबैलाई जेल हाल्नुपर्छ ।’ अनि मात्र आपूmहरूलाई सन्तोष हुने र न्यायको अनुभूति हुने उनको भनाइ छ । गोरे पक्राउ नपरे अरूका पनि धेरै छोराहरू मारिने उनले सुनाइन् । उनले भनिन्, ‘मेरो छोरामाथि लागेको कलङ्क हटाउनुपर्छ ।’