धरान । के तपाईं घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ त गर्दै हुनुहुन्न नि ?
३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालयले अब कारबाही प्रक्रिया अघि बढाउनेछ । घरमा ताला लगाएर लज्जित बनाउनसक्छ ।
यो ऐन भदौ १ गतेबाट लागू हुनेछ । मुलुकी देवानी (संहिता) ऐन २०७४ को दफा ४ सय ४ मा घर लिने कुनै व्यक्ति विनासुचना तीन महिना वा सोभन्दा बढी अवधिसम्म घरभाडा रकम नबुझाइ बेपत्ता भएमा र निजलाई सार्वजनिक रुपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजको कुनै हकवाला वा प्रतिनिधी उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो ब्यहोराको निवेदन दिनुपर्नेछ ।
त्यसपछि १५ दिनको सूचना दिई वडा कार्यालयले वहालवालालाई उपस्थित हुन सार्वजनिक सूचना गर्नेछ ।