धनकुटा । उधोग वाणिज्य संघ धनकुटाको आयोजनामाचिया, अलैंची, अदुवा र दुग्ध क्षेत्रको जिल्लामा अवस्थित् व्यायसायिक कृषकहरुको उत्पादनको पहिचान तथा व्यावसायमा आधारित समस्या र अवसर विषयकअन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमको समापनको अवसरमा वोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले अधिकांश कृषिजन्य उत्पादनका कृषक र व्यावसायीहरुले उत्पादन गरेका आफ्ना उत्पादनहरुले बजारमा उपभोक्तालाई सन्तुष्टी दिन सक्नु पर्नेमा जोड दिएका थिए । प्रमुख तामाङले कृषक तथा व्यावासायीहरुलाई कृषि उपजका वस्तुहरुको गुणस्तरिय उत्पादनमा जोड दिएका थिए । उन्नती परियोजना धनकुटाको सहयोगमा सम्पन्न २ दिने अन्तरक्रिया कार्यक्रममा धनकुटा जिल्लाका चिया, अलैंची, अदुवा र दुग्धसंग सरोकार राख्ने ५० जना व्यावसायिक कृषक एवं उधोगीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालय धनकुटाका वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद विडारी र उन्नती परियोजनाका कृषि विज्ञ लक्ष्मण आचार्यले सहजीकरण गरेका थिए । सो अवसरमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद विडारीले चिया, अलैंची, अदुवा र दुग्धको वजारको अवधारणा र मुल्य श्रृङ्गखलाको वारेमा सहजीकरण गरेका थिए । विडारीले सो अवसरमाआफ्ना उत्पादनका उपभोक्ताहरुलाई मन जित्ने गरी काम गर्न कृषक दाजुभाई तथा दिदिवहिनीहरुलाई आग्रह गरेका थिए । अदुवा, अलैंची, चिया र दुग्धका उपभोक्ताहरुले कृषकले उत्पादन गरेको गुणस्तरिय उत्पादन खोज्नु पर्ने वातवरण श्रृजना गर्न समेत विडारीको जोड थियो । साथै उनले कृषिजन्य उत्पादनले उपभोक्ताको मन सन्तुष्टी दिन सक्नु पर्नेमा जोड दिएका थिए । त्यसैगरी अर्का सहजकर्ता उन्नती परियोजनाका कृषि विज्ञ लक्ष्मण आचार्यले बजार भनेको उपभोक्ताको सन्तुष्ठी लिने ठाउँ भएकाले उपभोक्ताको चाहाना अनरुपको गुणस्तरिय कृषि उत्पादनमा कृषकहरुलाई जोड दिएका थिए । बजारमा क्रेताले मुल्य निर्धारण गर्ने र विक्रेताले सामान दिने भएकाले सेवा तथा वस्तुहरुको उत्पादन ग्राहकहरुको इच्छा र चाहाना अनुसार गर्न सक्नु पर्नेमा जोड दिइएको थियो । साथै, उनले बजारको परिभाषा, प्रकार र प्रकृतिको बारेमा समेत सहभागीलाई स्पष्ट पारेका थिए । उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कार्यवाहकअध्यक्ष नगेन्द्र राई, फोनिजका जिल्लाअध्यक्ष सन्तवीर लामा, उधोग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपध्याक्ष ठेगनाथ घिमिरे, महासचिव रोशनश्रेष्ठ, कोषाध्यक्ष रोशेष श्रेष्ठ लगायतले आ–आफ्नो विचार व्यक्तगर्दै गुणस्तरिय कृषिउपजका वस्तु उत्पादनगर्न सके मात्र बजार मुल्य पाउन सकिने भएकाले गुणस्तरिय उत्पादनमा जोड दिएका थिए । कार्यक्रमको संचालन उधोग वाणिज्य संघ धनकुटाका सचिव सर्मिला राईले गरेका थिए भने स्वागत मन्तव्य कार्यलय सचिव जयन्द्र प्रधानले राखेका थिए ।