काठमाडौं/ काठमाडौंको कालिमाटीमा एक युवकले पानीको बोतल देखाएरै एक इन्टर प्राइजेजको काउन्टरबाट ३ लाख रुपैयाँ लुटेर फरार भएका छन्।
सोमवार बिहान कालिमाटी चोकमा रहेको क्रिस्टल ईन्टर प्राइजेजमा रहेका दूई युवतीलाई पानीको बोतल देखाएर एसिड भन्दै ३ लाख रुपैयाँ लिएर फरार भएका हुन्।
रकम लिएर फरार हुने युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
एसएसपी पोखरेलले भने, 'यस घटनालाई लिएर हामी अनुसन्धान गरिरहेका छौं।' कम्पनीको काउन्टरमा रहेका कर्मचारी रुबिना कोइराला र अप्सरा थापालाई पैसा नदिए एसिड हान्ने भन्दै धम्की दिएका थिए।































