विराटनगर/ विराटनगर – १३ मा रहेको भारतीय राजदुतावसको सम्पर्क कार्यालयमा बम विस्फोटन गराउने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टीका दुई जना कार्यातलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उक्त पार्टीको मोरङ जिल्ला सेक्रेटरी समेत रहेका बेलबारी नगरपालिका – ४ का ४२ वर्षिय उदय राई र ताप्लेजुङ थुकिमा ७ का ३४ वर्षिय भिम लिम्बुलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

भारतीय राजदुतावसको सम्पर्क कार्यालयमा बम बिस्फोटनमा संलग्न भएका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो । पक्राउ परेकालाई जिल्ला अदालत मोरङमा सात दिनको म्यात थप गरी बम बिस्फोटन सम्बन्धि मुद्दा सोमबार नै दर्ता गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

‘भारतीय राजदुवासको सम्र्पक कार्यालयमा बम बिस्फोटनमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको देखियो,’ एसपी बिसीले भने, ‘खोजी गर्ने क्रममा उक्त पार्टीका दुई जनालाई पक्राउ गरेको हो ।’ उनका अनुसार पक्राउ परेका अभियुक्तसँग थप अनुसन्धान भइरहेको बताए ।

विप्लप नेतृत्वको पार्टीले भारतीय राजदुतावसको सम्पर्क कार्यालयमा वैशाख ३ गते राती ८ बजे बम बिस्फोटन गराएका थिए । बिस्फोटन पद्धार्थबाट राजदुतावसको पर्खाल र स्थानीय देवकान्त झाको घरको झ्यालको सिसामा छती पुर्याएको प्रहरीले जनाएको छ ।