धनकुटा । धनकुटाजिल्लाको छथर जोरपाटी गाउँपालिकाको तांखुवामा सुँगुरको बिरको टोकाईबाट एक बृद्धको शुक्रवार मृत्यु भएको छ। छिमेकी तेज बहादुर लिम्वुको घरबाट आफ्नो घरमापालेको सुँगुरमाउको लागी बिरसुंगुरलाँदै गर्दा छथर जोरपाटी गाउँपालिका वडा न ४ तेलियाका ६२ बर्षिय छत्र बहादुर लिम्वुको बिर सुँगुरको टोकाईबाट मृत्यु भएको हो। बिरसुँगुरले तिघ्रामा टोकेपछि अत्याधिक रक्तश्रावका कारण छत्रवहादुर लिम्वुको मृत्यु भएको छथरजोरपाटी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष टेकवहादुर तामाङले ब्लाष्टलाई वताएका छन् । लिम्वुले बिर सुंगुर लाँदै गर्दा वाटोमा बिरसुगुरले टोकेपछि उनको घटनास्थल नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ । एक्लै सुँगुर लिएर हिँडेका कारण सुँगुरको टोकाई पछि प्राथमिकउपचार समेत नपाएका कारण लिम्वुको मृत्यु भएको प्रहरीको भनाई छ। मृतकलिम्वुले सुँगुर लिएर हिँडेको केहीबेर पछि सुँगुर फर्केर तेज बहादुरको घर आएपछि खोजिगर्दा छत्र बहादुर मृत अवस्थामा फेला परेको वडाध्यक्ष तामाङले बताए।
































