विराटनगर । जनताको सुरक्षामा खटिने प्रहरीले नै स्थानियमाथि ज्यादती गर्ने गरेका छन् ।

इलका प्रहरी कार्यालय बुधनगरका प्रहरी प्रमुख सई ललन यादवले विराटनगर – १८ बुधनगरका स्थानीयमाथि ज्यादती गरेका हुन् ।

यहाँका स्थानीयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी कुनै कारण बेगार कुटपिट गर्ने र प्रहरीले पैसा मागेर दुःख दिने गरेको बताए ।

सामान्य जग्गा विवाद हुँदा विराटनगर – १८ का रामप्रसाद ऋषिदेवको परिवारलाई नियन्त्रणमा लिएर कुटपीट गरी प्रहरीले तीन घण्टा पछि छाडेको उनीहरुको भनाई छ । ‘नयाँ वर्ष मनाएको भोलिपल्ट प्रहरीले मलाई निर्घात कुटपिट गरे,’ पीडित रामप्रसादले भने, ‘सामान्य जग्गा विवाद हुँदा प्रहरीले परिवारका सबैलाई कुटपिट ग¥यो ।’ उनका अनुसार छोरा अनिल, दिपक, ज्वाई सतिया ऋषिदेव र श्रीमतिलाई समेत निर्घात कुटपिट गरेको बताए । कुटपिट पछि नियन्त्रणमा लिएको प्रहरीले सार्वजनिक मुद्दा लगाउछु भन्दै डर देखाएर पैसा मागेको उनीहरुले बताएका छन् । इलका प्रहरी कार्यालय बुधनगरका सइ यादवसँगै, सोही इलकाका प्रहरी जवान दिनेश यादवले समेत ऋषिदेव परिवारलाई कुटपिट गरेको उनीहरुको भनाई छ ।

सइ यादवले स्थानीय पंकज यादव मार्फत घटना मिलाउन र होली पर्व मनाउन ऋषिदेव परीवगारसँग पैसाँ माग गर्ने गरेको उनीहरुको गुनासो छ । इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएका ऋषिदेवको परिवारलाई घटना मिलाउन र होली पर्व मनाउन भन्दै पैसाँ माग्ने गरेको उनीहरुले बताए ।

बैसाख २ गते स्थानीय छोटु बंगालीसँग भएको जग्गा साध विवाद बढदै गएपछि प्रहरी कार्यालय बुधनगरका सही यादवसहितको प्रहरी टोलीले ऋषिदेव परीवारलाई नियन्त्रणमा लिएको थियो ।

पंकजले रामप्रसादका छोरा अनिललाई फोन गर्दै तीस हजार माग गरेका थिए । पंकजलाई गरेको फोनको रेर्कड सुनाउदै अनिलले होलीमा पनि सइ यादवले तीस हजार रुपैया माग गरेको गुनासो गरे ।

केही समय अगाडी देखी विदामा बसेका इलका प्रहरी कार्यालय बुधनगरका सई ललन यादवले कोहीसँग पर्व र घटना मिलाउन पैसाँ नमागेको बताउदै आफूलाई बदनाम गराउने प्रयास भएको दावी गरे । उनले भने, ‘को पंकज यादव म कसैलाई चिन्दिन । अहिलेसम्म कसैलाई पनि पैसाँ मागेको छुईन् ।’ उनले अहिलेसम्म ऋषिदेव परिवारलाई समेत कुनै कुटपिट नगरेको बताए । ‘वैशाख २ गते उनीहरुको जग्गाको विषयमा विभाद भएको थियो,’ सई यादवले भने, ‘घटनाले ठूला रुप लिएपछि हामीले नियन्त्रणमा लिएका हौं । बरु ऋषिदेव परिवारले नै प्रहरीलाई हातपात गरेका थिए ।’

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले घटनको विषयमा बुझन प्रहरी परिचालन गरेको बताए । उनले भने, ‘घटनमा प्रहरी दोषि देखिए कारवाही गर्नेछौं ।’