इटहरी/ कोशी अञ्चल यातायात कार्यलय सवारीले कर लिन राखेको ग्लोबल आईएमई बैकको लापरवार्हीका कारण सेवाग्राही मारमा परेका छन ।

बैकको हेलचेक्राईको कारण सेवाग्राहीले सवारी कर तिर्ने घण्टौ लाईन बस्दा समेत नपाएको गुनासो गरेका हुन । बैकमा कर्मचारी नहुदा दैनिक सयौ सेवाग्राही रित्तो हात फर्केनु बाध्य हुदै आएको सेवाग्राहीको गुनासो छ ।
ग्लोबल बैकले यातायात कार्यलय कोशी सवारी कार्यलय सँग गरेको सहमती समेत कार्यन्वयन नगरी कार्यलय चलाउँदै आएको पाइएको छ । बैकले इटहरी यातायात कार्यलयका लागी ४ वटा काउण्टर राख्ने सहमती गरेको भए पनि बैकले अहिले सम्म सहमती पालना गरेको छैन । कर तिर्ने बैकमा विल काट्नु बस्ने सेवाग्राहीहरुले दैनिक दुःख पाईरहेको भए पनि यातायात कार्यलय र बैक भने सेवाग्राहीको दुःख नथापाएझै गदै आएको छ ।
यातायात कार्यलयमा सवारीको कर बुझाउँने सेवाग्राहीहरु आक्रोषित भएका छन । कर बुझाउँने असोज ,असार र चैत्र महिनामा भिडभाड भए पनि बैकमा कर्मचारी अभाव र कमिशनका कारण कर तिर्ने दुई ,तिन दिन धाउँनु पर्ने वाध्यता भएको तेह्थुमबाट मोटरसाईकलको कर तिर्ने इटहरी आएका सविन भण्डारीले भने । बैककै कारण आफु तिन दिन देखि दुःख पाएको भन्दै त्यस्ता बैकलाई कार्वार्हीको दायरामा ल्याउन उनको माग छ । मगंलवार बैक विरुद्ध नाराबाजी सुरु भए पछि आधा घण्टा बैक समेत बन्द गरीएको थियो ।
चैत्र महिनामा अधिकांस बुल्लुबुक रिनो तथा कर तिर्नेहरु बढेको समयमा बैकका कर्मचारीहरुले कर नकाट्ने तथा काम ढिलो गरी सेवाग्राहीलाई दुख दिने काम गरेको कारण सेवाग्राहीहरु समस्यामा परेको पथरीबाट आएका सेवाग्राही मनकुमार राईले वताए । उनले भने विहान देखि लाईन वस्यो १ बजेबाट काम हुदैन भन्दै कर्मचारीहरु रिसाउँछन हामीले दुःख पायौ उनले भने । सेवाग्राहीको काममा हेलचेक्राई गर्ने बैकलाई त्यहाबाट हटाउँनु पर्ने सेवाग्राहीहरुले माग गरेका छन । मगंलवार सर्वसाधरणहरुले बैक विरुद्ध जुलुस समेत लगाएका थिए ।
यता ग्लोबल आईएमई बैक इटहरी शाखाका मनिसा थापाले कर्मचारी अभाब भएको कारण कार्यलयमा समस्या आएको स्वीकार गरीन । कार्यलय आसपासमा सेवाग्राहीलाई लाईन लाग्ने ठाउँ समेत अभाव भएको कारण थप काउण्टर राख्न नसकेको उनको बचाउ थियो ।
९ बजे देखि १ बजे सम्म विल काट्दै आएको बैकले ३ बजे सम्म काट्ने तयारी गरेको वताउँदै थापाले भनिन् अहिले हामीले ३ वटा काउण्टरले काम चलाउँदै आएको छौ चाडै एक काउण्टर थप गछौ । अहिले लेखापढी ब्यावसायीका लागी एक रसर्वसाधरण सेवाग्राहीको लागी २ वटा काउण्टर सञ्चालनमा छन त्यो कमी भयो उनले थपिन । बैकको कारण यातायातमा कार्यलयमा सेवाग्राहीलाई समस्या भएकोकोशी अञ्चल यातायात कार्यलय सवारीका कार्यवहाक प्रमुख विन्दा नेपालले पनि स्वीकार गरिन । चैत्र १४ गते सम्म कार्यलय सुनसान थियो तर २२ गते पछि कर तिर्ने आउँनेको संख्या अत्याधिक बढेको कारण समस्या उत्पन्न भईरहेको भन्दै बैकमा कर्मचारी बढाउँन आफुले बैकलाई भनिसकेको बताईन् । हामीले वारम्वार कर्मचारी थपिदिनु भन्दा पनि उनीहरुले मानेका छैनन् । हामीले अनुरोध मात्र गर्ने हो उनीहरुलाई कार्वार्ही गर्ने मिल्दैन । सेवाग्राही पनि एकै चोटी आएको कारण समस्या उत्पन्न भएको उनको भनाई थियो ।
                    
        
                                        
                                                                                                
        































