हास्यकलाकार कपिल शर्मा फेरि विवादमा परेका छन् । मुम्बइमा एक पत्रकारसँग झगडापछि उनी विवादमा फसेका छन् । एक मनोरञ्जन न्यूज वेभसाइटका अनुसार कपिल शर्माले उनका प्रमुख सम्पादक विक्की लालवानीलाई फोनमा धम्की दिएर गाली गरेका थिए । उता कपिल शर्माले लालवानीसमेत तीन जना विरुद्ध प्रहरीसमक्ष उजुरी गरेका छन् । समाचारले एक अडियो टेप पनि सार्वजनिक गरेको छ जसमा कपिल शर्माले अभद्र टिप्पणी गरेको सुनिएको छ । स्पटव्याइका सम्पादक विक्की लालवानीले बताए,‘गए राति अफिसमा बसिरहेका थियो ६ बजे कपिल शर्माले फोन गरे । फोन उठाउनासाथ उनले गाली गर्न शुरु गरे ।’ लालवानीका अनुसार कपिल शर्माले उनकी आमा र छोरीका बारेमा गलत भने । लालवानीका अनुसार उनले कपिल शर्मालाई निकै सम्झाउन खोजे । समाचारमा ट्रेड एनालिस्ट अमोद मेहराले भनेको कुरा लेख्दा कपिलले लालावानीलाई गाली गरेका हुन् । कपिल शर्माको टीमका तर्फबाट उनकी पूर्व प्रेमिका प्रीति, अन्य एक महिला नीति तथा वेभसाइट स्पटबोइका विरुद्ध आरोप पत्र दर्ता गरेको छ । छ महिना पहिला स्पटव्वाइ नामको मिडिया कम्पनीले कपिल शर्माका बारेमा संवेदनशील जानकारी नछाप्ने हो भने २५ लाख रुपैयाँ माग गरेको आरोप लागेको छ । यसका साथ नीति तथा प्रीतिमाथि आरोप लागेको छ कि उनले कपिल शर्मासँग जोडिएको महत्वपूर्ण जानकारी मिडियामा लिक गरेका छन् ।