काठमाडौं/ नेकपा एमाले र माओवादी केन्द्र आफ्नो पार्टी सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । एमालेले ६ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीले पाँच जना मन्त्रीका लागि नाम तय गरेको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्री हुनेहरुको नाम टुंगो लगाएका हुन् । जसमा प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, रविन्द अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ र जगत विश्वकर्मा रहेका छन् ।
ज्ञवालीलाई परराष्ट्रमन्त्री, विष्टलाई श्रम तथा रोजगार, अधिकारीलाई पर्यटन, महासेठलाई भौतिक पुर्वाधार, तामाङलाई कानुन, विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यसैगरी गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी बास्कोटालाई राज्यमन्त्री बनाइएको हो ।
यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने पाँच जनाको नाम प्रधानमन्त्री ओलीलाई शुक्रबार बुझाएका छन् ।
माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल शिक्षा, शक्ति बस्नेत वन, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् ।
शुक्रबारै उनीहरुलाई मन्त्री पदको पद तथा गोपनीयताको सपथ गराउने तयारी भइरहेको छ ।
मिडियाnpडटकम