उनले बाबुरामले माओवादी छाडेर गम्भीर गल्ती गरेकोसमेत टिप्पणी गरे । प्रचण्डको आग्रहको केही समयपछि नै डा. भट्टराईले ट्विटरमार्फत कडा जवाफ दिएका छन् ।
उनले प्रचण्डले सिंगो माओवादीलाई नै एमालेमा होम्न लागेको भन्दै आफू नहोमिने संकेत गरेका छन् ।स्कुलमा पढेको कविता पेड पाइपर अफ ह्यामलिनमा मुरलीवादकले सहरका सबै मुसाहरुलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमेको स्मरण गर्दै भट्टराईले प्रचण्डले आफ्नो स्वार्थका लागि पुरै माओवादी शक्तिलाई एमाले नामको समुद्रमा होम्न लागेको बताएका छन् ।
प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको Pied Piper of Hamelin कविताको सम्झना हुन्छ। मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे झैं प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीकानिम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ।अबका'मुसा'लाटा छैनन् है!
प्रचण्डले अनेक कुतर्क गरेर कुर्सीका निम्ति माओवादीलाई एमालेमा होम्न लागेको भट्टराईको भनाइ छ । भट्टराईले प्रचण्डलाई जवाफ दिएका छन् ‘अबका ‘मुसा’ लाटा छैनन् ।’प्रचण्डले केही दिनअघि पनि भट्टराईलाई लाज नमानी माओवादीमा फर्किन आग्रह गरेका थिए ।