पार्टी कार्यालय पेरिसडाँडामा आज नयाँ शक्तिका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेर बाबुरामले गम्भीर गल्ती गरेको बताएका हुन । आफूले पटक–पटक फर्किन आग्रह गरेको भन्दै उनले भने, ‘हाम्रो त भनाइ बाबुराम जीहरू समेत यही जोडिन आइपुग्नुपर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका उनले अघि भने,‘उनले धेरै ठूलो भूल गरेको छ, यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ, अनि मात्रै उनलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ । दुःख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ ।’

माओवादी र कम्युनिष्ट आन्दोलनका लागि काम गरेकाहरू एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उनले विप्लव समूहलाई पनि पार्टीमा फर्कन आहृवान गरे ।