एजेन्सी/अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा नेटफ्लिक्सको नयाँ सिरिजमा देखा पर्न सक्ने जनाइएको छ। यसका लागि उनी र भिडियो स्ट्रिमिङ सर्भिस नेटफ्लिक्ससँग छलफल चलिरहेको छ।

यदि ओबामा सो सिरिजमा देखा परेनन् भने पनि कुनै शोको निर्माताको भूमिका निर्वाह गर्ने बताइएको छ। अथवा उनले दुवै जिम्मेवारी पनि सम्हाल्न सक्नेछन्।

यद्यपि यसको सम्झौता नभइसकेको न्युयोर्क टाइम्सले जनाएको छ। यदि यो सम्झौता भएमा ओबामा पत्नी मिसेलसहित नेटफ्लिक्सको सिरिजमा देखिनेछन्। जसका लागि उनीहरुलाई नेटफ्लिक्सले पैसा तिर्नेछ।

नेटफ्लिक्सको विश्वभर ११.७ करोड सब्स्क्राइबर रहेका छन्, जसमध्ये अमेरिकामा साढे पाँच करोड छन्।