वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई महिनाभित्र भेटवार्ता हुने भएको छ।

उत्तरको सन्देश लिएर ह्वाइट हाउस पुगेको दक्षिण कोरियाली प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति ट्रम्प किमसँग भेट गर्न सहमत भएका हुन्।

साता अगाडि उत्तर कोरिया पुगेका दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकारसहितको टोलीसँग किमले परमाणु हतियारवारे छलफल गर्न तयार रहेको जनाएका थिए। सोही सन्देश लिएर दक्षिण कोरियाली टोली वासिङ्टन पुगेको थियो।

राष्ट्रपति ट्रम्पसँग भेटपछि दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ् यु( योङले छोटो प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमसँग भेट गर्न राजी भएको जानकारी दिएको एनवीसी न्यूजले जनाएको छ।

ह्वाइट हाउसले भेटको समय भने निर्धारण भइनसकेको जनाएको छ।

राष्ट्रपति ट्रम्पले पनि भेट हुने संकेत दिएका छन्। 'किम जोङ उनले दक्षिण कोरियाली प्रतिनिधिसँग न केवल रोक्न मात्र, परमाणु मुक्त गर्ने कुरा गरेछन्, यसबीचमा उत्तर कोरियाबाट कुनै पनि मिसार्इल परीक्षण भएका छैनन्। ठूलो प्रगति हुँदै छ। तर प्रतिवन्ध अन्तिम सहमति नहुँदा सम्म जारी रहनेछ,' ट्रम्पले ट्वीट गरेका छन्, 'बैठकको योजना बनिरहेको छ।'

उनको यो ट्वीटलार्इ दुर्लभ ट्वीट भन्दै डेली मेलले एैतिहासिक घोषणा भनेको छ। यता ट्रम्प र किम वार्ताका लागि सहमत भएको भन्दै दक्षिण कोरियाले स्वागत गरेको छ।

ट्रम्पले किमसँग दुर्इ महिनाभित्र भेट गर्ने सहमति भएको भन्दै दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ् यु- योङले वार्ताले यस क्षेत्रमा स्थायी शान्ति र परमाणु मुक्त हुने विश्वास व्यक्त गरेको दी करिया हेराल्डले जनाएको छ।

उत्तर र दक्षिण कोरियाबीच विन्टर ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो।