काठमाडौं/ रोजगारीका लागि साउदी पुगेर ८ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेकी एक महिला नेपाल आइपुगेकी छिन् । गोरखाको पालुङटार ९ की शान्ता परियार एयर अरेबियाबाट बिहीबार बिहान नेपाल आइपुगेकी हुन् ।

साउदीको अलहासामा काम गरिरहेकी जानकारी पाएपछि नेपाली दूतावासले उनको उद्धार गरेको थियो । दूतावासको पहलमा शान्ताले पाउनुपर्ने रकम समेत रोजगारदाताबाट दिलाइएको थियो ।