अमेरिकाको होन्डुरसमा ७.६ रेक्टरको भूकम्प
एजेन्सी । मध्य अमेरिकाको होन्डुरसको उत्तरमास्थित क्यारिबियन समुद्रमा केहीसमय अघि ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्था (यूएसजीएस)ले जनाएको छ ।
यूएसजीएसका अनुसार सो भूकम्पकफ केन्द्रविन्दु होन्डुरसको बार्रा पाटुकाबाट २०२ किमी उत्तरपूर्व र केमन टापुस्थित जर्ज टाउनबाट १९१ किमी दक्षिणपश्चिममा रहेको छ।
जमिनी सतहभन्दा १० किमी मात्रै तल यसको केन्द्र रहेकोले धेरै टाढासम्म महसुस हुने र क्षति पनि धेरै हुनसक्ने अनुमान छ। भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ।