काठमाडौं/ भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला भएको छ । भारतको केन्द्रीय जाँच ब्यूरोको बिशेष अदालतले चारा घोटाला मुद्दामा फैसला सुनाउदै उनलाई शनिबार साढे ३ वर्ष जेल र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

अदालतले यसअघि नै लालुलाई दोषी ठहर गरिसकेको छ । हाल उनी जेलमा छन् । गत २३ डिसेम्बरमा उनलाई अदालतले दोषि ठहर गरेकोमा त्यही दिन उनी पक्राउ परेका थिए ।  उनी मुख्यमन्त्री हुँदा भएको चारा खरिदमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।