ताप्लेजुङ । अग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पार्दै स्वर्गिक मार्ग संघ नेपाल (प्रेमबाद) ले सोमबार ताप्लेजुङमा यात्री दुख हरण पुजाको आयोजना गरेको छ ।

एक वर्ष भरी मानव जातिले जानि नजानि गरेको गल्तिको प्रायस्चित्त गर्ने दिन स्वरुप जनवरी १ तारिकमा नेपालका विभिन्न जिल्ला सहित विश्वका एक सय बढि राष्ट्रयमा यो पुजाको आयोजना हुने गरेको संघको दावि रहेको छ ।

ताप्लेजुङमा भने सदरमुकाम फुङ्लिङ स्थित तोक्मेडाँडामा पुजा स्थलको निर्माण गर्दै संघले दुखहरण पुजा सहित प्रवचनको आयोजना गरेको थियो भने विहान प्रभात फेरी समेत निकालिएको संघका केन्द्रिय सदस्य राजकुमार राईले जानकारी दिनुभयो ।

प्रेमबाद धर्म नभई दर्शन भएकाले यसमा सबै जात जाति, भाषा भार्षि र धर्मका मानिस अटाउने राईको भनाई छ । आफुहरुको मुख्य उद्धेश्य काटमार नगरौ र प्रकृति प्रेमि बनौँ भन्ने नै रहेकाले जनवरी १ मा सबै जीवन यात्रा गर्ने मानव जाति, पशु र बृक्षको दिर्घायु र प्रेममय जिवनको कामना सहित पुजाको आयोजना गरीएको राईले बताए ।