
काठमाडौं/ भारतको तल्लो सदन लोकसभाले एकैचोटिमा तलाक तलाक तलाक भनेर श्रीमतीलाई पारपाचुके दिने कार्यलाई अवैध बनाउने कानून बिहीवार पारित गरेको छ ।
मुसलमान महिला विवाह अधिकार संरक्षण विधेयक पारित भएपछि अब तीन तलाक भन्ने पतिहरू जेल जानुपर्ने हुन्छ । तीन तलाकलाई दण्डनीय अपराध मानेर तीन वर्षको कारावास सजाय तथा जरिवानाको व्यवस्था गरिएको छ ।
लोकसभाबाट पारित भएको यो विधेयक अब राज्यसभामा पेश हुनेछ । राज्यसभामा सत्तारूढ भारतीय जनता पार्टीको बहुमत नभएकाले यसलाई पारित गराउन अलिक गाह्रै हुनेछ । विपक्षी दलहरूले विधेयकमा दण्डविधानलाई संशोधन गर्नुपर्ने माग राखेका छन् ।
एजेन्सी