एजेन्सी/ विवाह गरेर बेहुली माइतीबाट विदा भएर गएको ४ घण्टामै माइती फर्किनुपरेको छ । बेहुला पक्षको नाजायज मागका कारण उनीमाथि यस्तो परेको हो ।

[caption id="attachment_66943" align="alignleft" width="368"] फायलफाेटाे[/caption]

भारतको मेरठमा घटना भएको हो । बेहुलीका परिवारले माग पूरा गर्न नसकेपछि बेहुला र उनका परिवार बेहुलीलाई होटलको कोठामै छोडेर फरार भए । बेहुली पक्षले अहिले करिब १५ लाख रुपैयाँ बराबरको गहना र नगद लिएर फरार भएको भन्दै अहिले प्रहरीमा निवेदन दिएका छन् ।

यहाँकी सोनम नामकी युवतीको बिहे हुँदै थियो । उनको विवाहको लागि पत्रिका र वेबसाइटमा विज्ञापन दिइएको थियो । विज्ञापन हेरेर राजस्थानकी रचना दर्शन नामकी महिलाले आफ्नो छोरा प्रतीतको विवाहको लागि कुरा चलाइन् । प्रतीत राजस्थानमा अडानी पावर प्लान्टमा इन्जिनियर भएको बताइएको थियो । बिहेमा १५ लाख खर्च गर्ने सल्लाह भएको थियो । ११ नोभेम्बरका लागि बिहे तोकिएको थियो । बिहेअघिदेखि नै बेहुलापक्षले दाइजोमा अरु पैसा मागिरहेका थिए । त्यसपछि बेहुली पक्षले २० लाख सम्म खर्च गर्ने बताए । ११ नोभेम्बरका दिन ५ लाख नगद औंठी, चेन तथा अन्य सामान दिइएको थियो ।

त्यही दिन साँझ मेरठकै एक रिसोर्टमा विवाह गरियो । विवाहका बेला पनि सुनचाँदीका गहना र नगद बेहुला र उनको परिवारलाई दिइएको थियो । विवाहको सबै कार्यवाही सकिएपछि बिहान ४ बजे बेहुलीलाई विदा गरेर बेहुली पक्ष फर्किए । बेहुलीलाई विदा गरेर बेहुली पक्ष फर्किए । बेहुला पक्षको ट्रेनको टिकट दिउँसोको भएकोले उनीहरु ४–५ घण्टाको लागि त्यही होटलमा बसे । विदाइको एक घण्टापछि आफूलाई प्रतीतकी आमाले फोन गरेर ५० लाख रुपैयाँ मागेको बेहुलीका पिताले बताएका छन् । उनले थप पैसा दिन अस्वीकार गरेका थिए ।

सोनमका अनुसार विदाइपछि होटल पुग्दा सबैले उनलाई आरा मगर्न पठाए । सबैको व्यवहार सामान्य थियो । उनलाई कतैबाट पनि उनीहरुले आफूलाई धोका दिन्छन् भन्ने लागेन । उनीहरुले सोनमका लागि कोल्ड ड्रिंक मगाए । कोल्ड ड्रिंक पिएपछि उनी निदाइन् । उनी बिउँझिँदा कोठामा कोही पनि थिएनन् । धेरै खोज्दा पनि उनीहरु भेटिएनन् ।रै खोज्दा पनि उनीहरु भेटिएनन् । त्यसपछि उनी विवाहको जोडामै बिहान ८ बजेतिर घर फर्किइन् । सोनमका पिताका अनुसार त्यसपछि उनले बेहुला पक्षकालाई फोन गरे तर सबैको फोन अफ थियो । त्यसपछि उनले प्रहरीमा गएर बेहुला पक्ष विरुद्ध उजुरी दिएका हुन् ।