गत बर्ष अपहरणमा परेका एक जना न्यायाधीश मृत अवस्थामा भेटिएको साउदी अरबको गृह मन्त्रालयले सोमबार पुिष्ट गरेको छ ।

पूर्वी प्रान्त अल क्वाटीफ क्षेत्रबाट बेपत्ता भएका न्यायाधीश सेख मोहम्मद विन अब्दुल्लाह अल जिरानीको मृत शरीर भेटिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । उनी चन्दा तथा पैत्रिक सम्पत्ति विभागमा कार्यरत थिए । उनी टारोटमा रहेको आफ्नै घर अगाडीबाट अपहरणमा परेको हो ।

गत जनवरीमा मन्त्रालयले उनलाई अपहरण गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको र अरु तीन जना फरार रहेको जनाएको थियो ।अपहरित न्यायाधीश यसअघि पनि पटक पटक आक्रमणको निशानामा परेका थिए । उनको घरमा आगजनीको प्रयाससमेत भएकोे थियो ।

रासस–सिन्ह्वा