भारतको आग्रा, फिरोजबाद, मथुरा र मैन्पुरी लगायतका ठाउहरु बाट उत्पादित आलु किसान हरुले सडक मा फालेका छन् कारण हो आलु ले बजार भाउ नपाउदा , बजार मूल्य सुन्दा सायद धेरै ले पताउनु हुदैन पनि होला | प्रति के जी २० पैसा यानी ५० के जी ( एक पकेट ) आलुको भाउ जम्मा १० रुपिया भारु मात्र | तर किसान हरु प्रति पकेट आलु को भण्डारा खर्च मात्र तिर्छन भारु ११० रुपिया | गत जुलाई मा प्रति पकेट ४०० रुपियामा बिक्रि भएको आलु त्यसपछिदेखि घट्दो छ | अहिले बजार मूल्य २० पैसा |

भारत को आग्रा जिल्लामा मात्र करिब २५ लाख टन आलु कोल्ड स्टोरेज मा रहेको छ भने ७२,००० हेक्टर मा आलु खेति हुन्छ | अब नेपालमा यो आलु आइ पुग्ने हो भने नेपाली आलु किसान को हालत के होला ? बढ्दो उत्पादन खपत न्युन हुने बालि मा जोड दिनु हुदैन , नया नौलो , सम्भावना र बजार भएको बालीमा जोड दिनु राम्रो देखिन्छ |

-एजेन्सी