धरान । धरानलाई प्रदेश नं. १ को राजधानी बनाउन राजनितीक पहलको लागी सर्वदलिय समिती गठन भएको छ । मंगलबार धरानमा रहेका राजनितीक दलहरुको बैठकले नेपाली कांग्रसको धरान उपमहानगरका सभापति श्री तिलक राईको संयोजकत्वमा सर्वदलिय राजनितीक पहल समिती गठन गरिएको हो ।

सर्वदलिय राजनितीक पहल समितीमा ने.क.पा.एमाले वाट नगर अध्यक्ष नाराण सुवेदी, माओवादी केन्द्रका नगर संयोजक चोत्लुङ, संघिय समाजवादी फोरम वाट पारस कांमाङ, संघिय लोकतान्त्रिक मन्च नगर अध्यक्ष सन्जुहाङ सावा, नेपाल जनजागरण पार्टीका नगर अध्यक्ष चन्द्र शेर्मा लागायत हुनु हुन्छ ।

सर्वदलिय समिती राष्ट्रीय जनमुक्ति पार्टी, रा.प्र.पा. नेपाल, राष्ट्रिय जनमोर्चा,संघिय खम्बुवान पार्टी, मंगोलनेशनल अर्गनाईजेशन, नया शक्ति पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त जनतान्त्रिक मोर्चा, लगायत धरानमा कृयशाहिल पार्टी रहेका छन् । सर्वदलिय सििमतीले धरान र सुनसरीमा रहेका राजनितीदलको केन्द्रिय तह सम्म राजनितीक पहल गर्ने निर्णय भएको माओवादी केन्द्र्रका नगर संयोजक चोत्लुङले जानकारी दिनु भयो ।

धरानमा यस अगाडाी पार्टीहरुले ाआफ्नो तर्फवाट पहल गरे संयुक्त पहल थालिएको यो पहिलो हो । धरान वासीको साझा मुद्धा भएकोले सवै पार्टी एक भए पहल थालिएको समेत चोत्लुङले बताउनु भयो ।