विराटनगर/  मोरङ कलाकार कल्याण कोष स्थापनाको लागि ‘एक रात’ नामक नाटक विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलमा मन्चन हुने भएको छ । श्री विश्वेश्वर प्रसाद कोइरालाको कृतीमा आधरित उक्त नाटक पुस १४ र १५ गते मन्चन हुने भएको हो । कल्याण कोषको स्थापना तथा नाटक मन्चन बारे विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी नाटकबाट संकलन भएको रकम कल्याण कोषमा राखिने जानकारी दिएको छ । इन्द्र परियारले निर्देशन गरेको नाटकमा स्थानिय कलाका र गुरुकुलका कलाकाहरुको अभिनय गर्नेछन् । दुई दिनमा चार शो नाटक मन्चन हुने मोरङ कलाकार कल्याण कोषको सभापति निरज ब्यालकले जानकारी दिए । ‘नाटकबाट संकलन भएको रकम कल्याण कोषमा राखिनेछ,’ उनले भने, ‘जिल्लाभरीका कलाकारहरुलाई गोलबद्ध बनाउन यस्तो कोष खडा गर्न लागेका हौं ।’ कोषका सभापति निरजका अनुसार मोफसलका कलाकारहरु बिरामी भए सहयोग गर्नुपरे सो कोषबाट प्रदान गर्ने बताए । कल्याण कोषलाई व्यवस्थीति र चुस्त दुरुष्त राख्न एउटा टिम समेत छुट्टै गठन गर्ने निरजको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै गायक रमा मण्डल, समाजसेवी कन्नुलाल चौधरी, गायक प्रवलदिप विश्वा, कलाकार पारस थापा, रामभजन कामतलगायले दुख विमार पर्दा कलाकाहरुको लागि यस्तो कोषको ठूलो भुमिका निभार्ह गर्ने बताए ।