विराटनगर/ पूर्वाञ्चलमै पहिलो पटक विराटनगरमा जुत्ता चप्पल ब्यपार मेला  हुने भएको छ । नेपाली जुत्ता, चप्पलको प्रर्वद्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरको आयोजनामा विराटनगरमा पुस ५ गतेदेखि  जैन भवनमा जुत्ता चप्पल ब्यापार मेला सुरु हुने भएको हो । नेपाली जुत्ता घरले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी मेलामा विभिन्न ब्राण्डका जुत्ता, चप्पलहरु रहने बताइएको छ । ‘नेपाली जुत्ताको स्वेदेशमै बजारीकरण र प्रदर्वशन गर्न मेला सुरु गर्न लागेका हौ’, जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘मोफसलमै पहिलो पटक पोखरा र बुटुवलमा मेला सम्पन्न भएको छ ।

औद्योगि नगरी विराटनगरमा हुने मेलामा राम्रो व्यापार हुने अपेक्षा गरेका छौं ।’ अध्यक्ष उपाध्ययका अनुसार मेलामा ५ वटा ब्राण्डका ७० वटा स्टल रहने जानकारी दिए । नेपाली बजारमा ख्यातीप्राप्त शिखर, बि.एफ.डियर हिल, स्कार्य, कोशेली, क्रसरोड, लेदर विङ्गस, टाकुरा, सफटच र शुल्याण्ड प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु मेला पाइनेछन् ।

उक्त ब्राण्डका स्पोर्टस देखि क्याजुयल, पार्टी अफिसियल, कलेज–स्कुल र लेडीज तथा सबैमा हुने जुत्ता, चप्पलहरु मेलामा रहनेछ । प्रत्यके जुत्तामा ७० देखि ७५ प्रतिशत छुट दिने बताइएको छ  । मेला आयोजकले विराटनगरमा हुने मेलाबाट ५ करोड बढीको कारोबार हुने अपेक्षा राखेको छ । ‘मेलामा आउने ग्राहकलाई लक्षित गरी मेला राखेका हौं,’ अध्यक्ष उपाध्ययले  भने, ‘यो मेला एक महिला चल्नेछ ।’