धनकुट/ प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने मागगर्दै जिल्लाबासीले सोमबार धनकुटा वन्द गराएका छन् । वन्दकर्ताले दिनभर बन्द गरेपछि सवारी साधनमा सवार हजारौं सर्वसाधरण यात्रुले सास्ती खेप्नु परेको थियो ।

धनकुटालाई १ नम्वर प्रदेशको राजधानीतोकिन पर्ने भन्दैजिल्लाबासीले कोशिलोकमार्गको धरान–धनकुटा सडक खण्डको धनकुटा स्थित् जिरोपोइन्टमा सोमवार दिन भर चक्काजामगरेकाहुन । चक्काजामसंगै वन्दकर्ताहरुले जिरोपोइन्ट नजिकै टायर समेत वालेर प्रदेशको राजधानी धनकुटा तोक्नलाई सरकारलाई दवाव सृजनागर्न दवावदिएकाथिए ।

उनीहरुले धनकुटाको जिरोपोइन्ट, पात्लेखोला, ढाट, परिचयमोड लगायतको स्थानमादिनभर यातयात अवरुद्ध पार्दै धनकुटाबासीले भौगोलिक, वातवरणिय र सवै हिसावले प्रादेशिक राजधानीधनकुटा सवै भन्दाउपयुक्तभएको दावी छन् । सो अवसरमावन्दकर्ता धनकुटावासीले दिनभर यातयात अवरुद्ध पार्दा संखुवासभा, भोजपुर र तेह्रथुमवाट आउने दर्जनौं सवारी साधन र सोमायात्रागर्ने हजार्रौ यात्रु भने अलपत्र परेकाथिए ।

आन्दोलनको अगुवाइ धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले गरेका छन् । प्रादेशिकमन्त्रालयकालागिभौतिक संरचना र प्रशस्त सरकारी जमिन रहेकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न धनकुटावासीले वर्षौ देखीमाग गरीरहेका छन् । जिल्ला सदरमुकाममाविरोधकाकार्यक्रमहरु पनिनिरन्तर संचालन भैरेहने उधोग वाणिज्य संघ धनकुटाका कार्यालय सचिवजयन्द्र प्रधानले ब्लाष्टलाई बताएका छन् ।

उनीहरुले आईतावार धनकुटावासीले निमित्त क्षेत्रीयप्रशासक शेवन्तदाहालमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छन । ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीयप्रशासकदाहालले जिल्लाबासीको मागलाई  नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयमाजानकारी पठाउने बताएका छन् । जिल्लाबासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिको लागि राजधानीआवश्यक रहेको उल्लेख गरेका छन्

।धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, शहरी विकासको नाममाकरिव ३ सय रोपनीजग्गा, विद्युतप्राधिकरणको दुई सय  र धनकुटा नगरपालिका स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिकजग्गा रहेको छ । त्यसैले राज्यको सम्पत्तिको संरक्षण र आर्थिक ब्यायभार कमगर्नको लागीपनि धनकुटालाई १ नम्वर प्रदेशको राजधानीबनाउनु पर्ने मागउनीहरुको रहेको छ ।