काठमाडौं / प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा १ सीट र प्रदेश सभामा दुई सीट जितेको नयाँ शक्ति पार्टी नेपालले समानुपातिकमा निर्धारित थ्रेसहोल्ड कटाउन सकेन ।

मतगणना अन्तिम चरणमा पुगेको समयमा आइतवार मध्यान्ह सम्ममा नयाँ शक्तिले देशभरबाट झण्डै ८२ हजार भोट पाएको छ । समानुपातिक तर्फ नवौ दल बनेको नयाँ शक्तिले ८१ हजार ८ सय ३७ मत पाएको छ ।

नयाँ शक्तिले समानुपातिकको बन्दसूचीमा नायिका करिश्मा मानन्धरको नाम एक नम्बरमा राखेको थियो । समानुपातिक तर्फबाट सांसद बनाउने भन्दै नयाँ शक्तिका प्राय ठूला आमसभामा करिश्मा सहभागि भएकी थिइन् । तर सांसद बन्ने करिश्माको धोको पूरा नहुने भएको छ ।

पूर्णकालिन राजनीतिमा होमिएकी करिश्माले अर्को पटक प्रत्यक्ष तर्फ नै चुनाव लड्ने बताउँदै आएकी छिन् । करिश्मा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य समेत हुन् ।