विराटनगर । मोरङबाट निर्वाचि भएका प्रतिनिधि  र प्रदेश सभाका सांसदहरुलाई उद्योग संगठन मोरंगको स्वागत तथा सम्मान गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी निर्वाचित भएका सांसदलाई स्वागत सम्मान गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले लामो संक्रमणकाल पश्चात् भएको निर्वाचनबाट आमजनताको उत्साहजनक सहभागिताले शान्ति र आर्थिक विकासको चाहनालाई प्रतिविम्वित गरेको बताए । उनले आर्थिक विकास र समृद्ध देशको चाहनालाई अबको नेतृत्वले आत्मासात गर्दै लैजाने विश्वास व्यक्त गरे । उनले पौराणिक, आर्थिक एवं औद्योगिक नगरि विराटनगरको राजश्व र रोजगारीको क्षेत्रमा विराटनगरको योगदानलाई आत्मासात गर्दे प्रदेश नं १ को राजधानी बनाउन नवनिर्वा्चित माननीयहरु समक्ष अनुरोध गर्दै यस क्षेत्रको आर्थिक विकासलागि आवश्यक सुझाव प्रस्तुत गरे । संगठनका पूर्व अध्यक्ष सुशिल धनावतले प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई आजैबाट आर्थिक क्रान्तिको घोषणा गर्न अनुरोध गर्दै आर्थिक विकासका सवालमा संगठन सदैव सल्लाह सुझाव प्रस्तुत गर्न तयार रहेको उनले बताए । मोरंग व्यापार संघका अध्यक्ष पवन सारडाले अबको सबै दलको एजेण्डा केवल आर्थिक विकासको हुनु पर्नेमा जोड दिदै मुलुक आर्थिक रुपले जर्जर भएकाले यसको विकासमा ध्यान पुर्याउने अनुरोध गरे । प्रतिनिधि सभा सदस्य लालवावु पंडितले उद्योगी÷व्यवसायिहरुलाई आफ्नो उद्योग व्यवसायमा केन्द्रित हुन अनुरोध गरे । उनले आफु सदैव उद्योग संचालनको वातावरण बनाउन तत्पर रहेको बताए । उनले संविधान र ऐन कानूनले दिएको मूल बाटोबाट अगाडी बढदै विराटनगरलाई प्रदेश नं. एकको राजधानी विराटनर बनाउन तर्फ लागि पर्ने बताए । मोरंग प्रतिनिधि सभा सदस्य भानुभक्त ढकालले आफुले उम्मेदारी घोषणा पत्रमा लेखे अनुरुप समृद्धिको कार्य गर्दै लैजाने अबका पाँच वर्ष पछि नेपाल विकास र समृद्धिको कोशेढुंगा सावित हुने बताए । उनले जनतालाई भ्रमित पार्ने कार्य गर्न नहुने र राष्ट्र निर्माणको क्रममा आग्रह पूर्वाग्रह नरहने बताए । मोरंग प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले आफूलाई निर्वाचित गराउने मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सुखि जनता र समृद्ध राष्ट्र पहिलो प्राथमिकता रहेको बताए । उनले कृषिको व्यवसायिकरण, उद्योग व्यवसायको विकास गरि जनताको भावना अनुरुप कार्य गर्ने बताए । मोरंग प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले औद्योगिक नगरि विराटनगरको विकास अन्तराष्ट्रिय मापदण्ड अनुसार हुनु पर्ने बताए । उनले एजेण्डा भनेकै आर्थिक समृद्धिको रहेको बताए । मोरंग प्रतिनिधि सभा सदस्य डा. मिनेन्द्र रिजालले विराटनगरको रिङरोड, एयरपोर्ट लगायत पूर्वाधार विकासमा तुलनात्मक लाभका क्षेत्रको पहिचान गरि त्यस तर्फ अगाडी बढने बताए । मोरंग प्रदेश सभा निर्वाचित संसद जयराम यादवले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको पहिलो खुडकिलो भएको बताउदै संगठनबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न आफ्नो पार्टीको तर्फबाट पहल गर्ने र कुनै दलगत भागवण्डा नलगाई विराटनगरलाई प्रदेश नं एकको राजधानी बनाउन एकजुट हुने बताए । मोरंग प्रदेश सभा निवार्चित केदार कार्कीले आर्थिक विकासमा आफू सदैव सहयोग पुर्याउन तयार रहेको र उद्योगी÷व्यवसायिहरुलाई फरक ढंगबाट लगानी गर्न अनुरोध गरे । मोरंग प्रदेश सभा सदस्य कुल प्रसाद साम्वा लिंम्वुले विराटनगर प्रदेश नं एकको राजधानी हुन्छ भन्ने कुराको विश्वास दिलाउँदै उद्योगी व्यवसायिलाई पर्यटकिय क्षेत्रमा लगानी गर्न अनुरोध गरे । मोरंग प्रदेश सभा सदस्य जीवन घिमिरेले प्रदेश नं. एकको समृद्धि लक्ष्य रहेको र कृषि, पर्यटन लगायतको क्षेत्रको विकासको लागि आफू सदैब कटिबद्ध रहेको बताउँदै औद्योगिक नगरि विराटनगरको रुग्णताको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गर्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्यका क्षेत्रमा जीवन्तता प्रदान गर्ने बताए । स्वागत तथा सम्मान कार्यक्रममा संगठनका पूर्व अध्यक्ष दिनेश गोल्छा, वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, उपाध्यक्षहरु सुयश प्याकुरेल, प्रदिप मुरारका, राजकुमार गोल्छा, कार्यकारिणि समिति सदस्यहरु नवल कावरा, राकेश सुराना, नन्द किशोर राठी, सुवोध कोईराला, सुरेन्द्र गोल्छा, भोलेश्वर दुलाल, विभिन्न प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायको उपस्थीति रहेको थियो ।