सुनसरी । सुनसरी क्षेत्रनम्बर ३ मतपरिणामले अहिले नेपालकै ध्यान खिचेको छ । जहाँ काग्रेसका वाहालवाला उपप्रधान्मन्त्री विजय गच्छदारलाई वाम गठबन्धनकी एमाले नेतृ भगवती चौधरीको सुरु देखिको अग्रताले गच्छदार आछु आछु भएका छन् । गच्छदारले चौधरीलाई अहिले सम्म थोरै मतले पनि लिड गर्ने नसक्दा काग्रेसको अकंगणित मात्र फेल भएको छैन समग्र नेपालको ध्यान केन्द्रित हुन पुगेको छ । गच्छदारको ३० हजार ७ सय ६४मत छ भने चौधरीले ३० हजार ९ सय १९ मत पाएकी छिन । चौधरीकोे १ सय ५५ मतको अग्रता कायमै छ ।

चौधरी र गच्छदारको मतअन्तर हेर्दा प्रतिष्प्रर्धा कडा हुन देखिन्छ । २०७० सालमा चुनाव हारेकी चौधरी यसपाली वाहालवाला उपप्रधानमन्त्री हराउँने दाउँमा छिन भने गच्छदार लगातार चुनाव जितेर डबल ह्याट्रिक गर्ने दाउमा छन । फोरम लोकतान्त्रिक हुदा चुनाव जितेका गच्छदार काग्रेसको पुरै समर्थन पाउँदा पनि हम्मेहम्मे भईरहेको छ । करीब १८ हजार मत गनणा हुन बाँकी हुँदा विजय अझै १ सय ५५ मतले पछाडी हुनु ब्यालेटमा खतरा हुन सक्ने काग्रेसकै नेताहरु बताउँछन् ।

२०७० सालको निर्वाचनमा गच्छदार शक्तिमा भएकै वेला ३ सय मतले जितेको र त्यो जित प्रशासनले गराईदिएको हल्ला चलेपछि अहिले मत गणना स्थलमा कडा सुरक्षा ब्यावस्था गरेको छ । जिल्ला समन्वय समिति सुनसरी आसपासमा हजारौको संख्यामा नेपाल प्रहरी,शशस्त्र प्रहरी,म्यादी र छिटपुट नेपाली सेना समेत सहभागी छन । गणनाको विषयमा विवाद हुन सक्ने भन्दै सुरक्षा ब्यावस्था कडा बनाईएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायण चिमरियाले बताए ।

यता गच्छदारलाई सुरु देखि नै टक्टर दिईरहेको एमालेकी चौधरीले भने गच्छदारले गद्धार गर्ने सक्ने आरोप लगाईन । मतगणना स्थलमा भेटिएकी उनले भनिन् मलाई अघिल्लो पटक पनि चुनाव हराईएको थियो यो पटक पनि त्यस्तै रणनिति हुदै छ मलाई स्वीकार्य छैन उनले भनिन् । आफुले जितेको चुनाव पनि प्रहरीले हराउँन सक्ने भन्दै आफु चनाखो भएको उनको भनाई थियो । सुरक्षा कडाई भए सँगै आसपासका करिब एक दर्जन किराना पसलहरु समेत बन्द गराईएको छ भने गणना स्थल प्रवेशमा कडाई गरिएको छ ।