रासस/ न उनी कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुनुहुन्छ, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहेका छन् । सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत उनको सहयोग छ । श्रेष्ठको यो सेवाले चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुलाई नतमस्तक बनाइदिएको छ ।
स्थानीय कला र संस्कृतिको विकासका लागि पनि सहयोग पुर्याएका समाजसेवी श्रेष्ठले अब विद्यार्थीका लागि छात्रवृत्ति स्थापना गर्ने सोचाइ रहेको बताउछन् । उनकै एकल लगानीमा खेत भित्रभित्र बाटो बनेपछि स्थानीय काजी लिम्बू भन्छन्, “घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने समस्या अब छैन, गाडी आँगनमै आइपुग्छ ।