सुनसरी क्षेत्र नं ३ को मतगणना अझै शुरू हुन सकेन । गए राति मतगणना सुचारू गर्ने बिषयमा भएको छलफलबाट केही सहमति नबनेपछि मतगणना शुरू हुन नसकेको हो ।

अर्ध कटि सहित भेटिएको ९ वटा मत बदर हुनुपर्ने नभए पुंन विवाद भएको स्थानमा मतदान हुनुपर्ने एमालेकी उमेदवार भगवती चौधरीको माग रहदै अाएको छ । यता कांग्रेसका उमेदवार बिजय कुमार गछदारले अाफु हार्ने डरले भगवती ले मतगणना रोकेर मतगणना प्रभावित पार्न खोजेको बताएका छन् ।

गछदारले चाडै रोकिएको मतगणना शुरू गर्नु पर्ने माग राखेका छन । रोकिएको मतगणना सुचारू गर्ने बिषयमा अहिले बिहान ८ बजे दुवै दलका प्रतिनिधि पुंन छलफलमा बस्ने बताईएको छ । यता मतगणना रोकिएपछि मतगणना स्थल सुनसरीको जिल्ला समन्वय समितिको भवन अगाडि ठुलो संख्यामा एमाले र कांग्रेसका कायकता जम्मा भएका छन । दुवै विच झडप हुन नदिन उतिके संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।