मोरङ। मोरङको लेटाङ नगरपालिका १ स्थित किसैबाँकैमा शनिबार साँझ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।
करेण्ट लागेर लेटाङ नगरपालिका १ बस्ने २९ बर्षिय सागर लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। साँझ ५ बजे माछा मार्नकोलागी खोलामा ईन्भर्टर र ब्याट्रीबाट करेण्ट निकालेर तार जोड्ने क्रममा अचानक करेण्ट लागेको थियो।