धरान । लोकतान्त्रिक गठबन्धनका तर्फबाट सुनसरी निर्बाचन क्षेत्र नम्बर १ का प्रदेश सभाका उमेद्द्वार किशोर राइले मंशिर एक्काइस गतेको प्रदेश र प्रतिनिधि साभाको निर्बाचनलाई सामान्य निर्बाचनको रुपमा मात्र नलिन आग्रह गर्नु भएको छ । आसन्न निर्बाचन मुलुककको इतिहासकै एतिहासिक निर्बाचन भएकोले आसन्न निर्बाचन बिशेस भएको बताउनु भएको छ । लोकतान्त्रिक नेवा धरानको परिचय तथा प्रतिबद्दता कार्यक्रममा बोल्नुहुदै नेता राइले सो कुरा बताउनु भएको छ ।
नया संबिधानमा फरक मत राख्ने जनताको आवाज सम्बोधन गर्न भोलि संसदमा संबिधान संसोधन गर्नुपर्ने आवस्यकता भएकोले मतदाताले लोकतन्त्रका पक्षधरलाई मदान गर्न आग्रह गर्नुभयो । धरानमा ठुलो संख्यामा रहेका नेवार समुदायको हकहितको रक्षा र नेवार समुदायको मत खेर जान नदिन कुनै पार्टी विशेषलाई नभई उमेद्वार हेरेर मतदान गर्न पनि उमेद्वार राइले आग्रह गर्नु भयो । भोलि बन्ने प्रदेश संसदले प्रदेश राजधानी कहा राख्ने भन्ने निर्णय समेत गर्ने भएकाले धरान बासीलाई राजधानी बासि बनाउन आफु कुनै कसर बाकि नराख्ने बताउनु हुदै धरानको समग्र बिकासको लागि आफुलाई मतदान गर्न आग्रह गर्नु भएको छ । धरान राजधानी हुदा धरानमा राजनीतिक , आर्थिक समृद्दिको अथाह सम्भावनाको ढोका खुल्ने बताउदै राइले धरानलाई हंगकंगको दाजोको शहर बनाउने बताउनु भयो ।
लोकतान्त्रिक गठबन्धनमा रहेका उमेद्वारहरुको बायोडाटा समेत अध्ययन गर्न आग्रह गर्दै नेता राइले बिगत छब्बिस बर्षमा उमेद्वार बनेका व्यक्तिहरुको धरान प्रत्रिको सपर्पण कस्तो छ भनेर नहेर्दा तिन दशक सम्म धरानले दुख पाएको बताउनु भयो । धरान र धरानको बिकाशको लागि एमाले र माओवादी नेतृत्वले धरानबाट निर्बाचित भएर गएका एकजना लाइ पनि मन्त्रि नबनाएको चर्चा गर्नुहुदै एम्माले माओबादीको नेतृत्वले धरानलाई कुनै महत्त्व नदिएका कारण धारा पछाडी परेको बताउनु भयो ।
पटक पटक सरकारमा बसेर आफुले सम्हालेका मत्रालयमा महत्त्वपूर्ण उपलब्धि हासील गरेका कुसल र असल नेता अशोक राइलाइ धरानले उमेद्वारको रुपमा पाएको हुदा धरानको बिकाशको लागि अशोक राइ लगायत आफुलाइ समेत जिताउन आग्रह गर्नु भयो । अशोक राइ धरान आउनु धरानको भाग्य भाको बताउदै राइले अशोक राइले हार्दा धरानको दुर्भाग्य हुने बताउनु भयो । अशोक राले जित्दा धरानमा ठुला ठुला परियोजना धरानमा आउने भन्दै उहाले लोकतान्त्रिक गठबन्धनलाइ जिताउनु धरानको बिकासकका लागि कोसे ढुंगा हुने बताउनु भयो ।