धरान/धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले किरातीहरुको महान पर्व उधौली तथा नेवारी समुदायले मनाउने योम्हरी पुन्हीको को अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

उधौली तथा योम्हरी पुन्हीको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मेयर तारा सुब्बाले बहुधार्मिक,बहुसांस्कृत,बहुजातीय शहर धरान सबै जातजातीको साझा फुलबारी भएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा ‘प्रकृती पूजक किरातीहरुकोे महान पर्वको उधौली तथा नेवारी समुदायले मनाउने योम्हरी पुन्हीको अवसरमा सुख,शान्ति एब्म संबृद्धिको कामना समेत ब्यक्त गर्दछु भनिएको छ ।

धर्म,संस्कार र संस्कृतीले समाजमा आपसी एकता,धार्मिक सहिष्णुता,र शान्ति कायम गर्न सबैभन्दा ठुलो भुमिका खेल्नै भन्दै सुब्बाले यस्ता संस्कार र संस्कृती अमुल्य निधि भएको उल्लेख गरेका छन् ।

उधौलीलाई लिम्बुहरुले चासोक तङनाम,राईहरुले साकेला उधौली,सुनुवारहरुले फोलस्याँदर र याख्खाहरुले चासुवाको रुपमा मनाउने गरेका छन् । धरान नगर सरकारले स्थानिय संस्कार,संस्कृती,भाषा र परम्पराको संम्रक्षण,बिकास र प्रर्बधन गर्ने निती लिएको समेत सन्देशमा उल्लेख गरिएको छ ।