भद्रपुर/नेपाली काँङग्रेसका पुर्व महामन्त्री तथा भापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण प्रसाद सिटौलाले मेरो प्रतिस्पर्धा एमाले र माओवादीसँग नभई राप्रपासँग मात्र भएको बताएका छन् । झापा भद्रपुरनगर समितिले शनिवार आयोजना गरेको चुनावी सभामा सिटौलाले यस्तो बताएका हुन् । परिवर्तनलाइ स्वीकार गर्न नसक्ने राप्रपालाई भन्दा परिवर्तनको लागि संघर्षको मैदानमा सगैहिडेकालाइ कहिल्यै विर्शन नहुने स्मरण गराएका थिए ।  राजदरबारमा गणतन्त्रको झण्डा फरफराउने पार्टी काँङग्रेसमात्र भएकोले जनआन्दोलनलाइ शिरोधार्य गरेर मत हाल्न अनुरोधसमेत गरेका थिए ।

गाइ चुनाव चिन्हमा भोट दिनु भनेको राजावादीलाइ दिनु सरह भएकोले मतदाताले बाटो बिराउन नहुने उनको धारणा थियो ।राणा शासन देखि लिएर संविधान जारी गर्ने सम्मको योगदान काँङग्रेसले गरेकोले संविधान रक्षाको लागि काँङग्रेसको आवश्यक्ता रहेको उल्लेख गरेका थिए ।०४८ सालदेखि जिते पनि हारे पनि यहि क्षेत्रमा चुनाव लडेकोले गणतन्त्र पक्षधरले आफुलाई कहिल्यै नभुल्ने बताएका छन् । एक सय ६५ सिटमध्येदेशभरमा चार वटा सिटमा उठेको राप्रपाले सिंहदरवार कब्जा गरेर विकास गर्ने फुइ नलगाउन उनले सचेत गराएका छन् । शाहीकालमा राजदरवार देखि जिल्ला विकास सम्म उनिहरुकै कब्जा भएको समयमा देशमा कुनै एउटा विकास गरेको उदाहरण देखाउन राप्रपालाइ चुनौती दिएका छन् । गाउँ घरमा गएर दुइवटा ह्यूम पाइप र केहि वालुवा छरेर जनतासामु बारम्बार झुट बोल्ने राप्रपालाई तह लगाउन काँङग्रेसले कहिल्यै नउठ्ने गरि योजना तयार भइसकेको उनले बताए ।

झापामा विकासका योजना ल्याउनमाकाँङग्रेस वाहेक अरुको हैसियत नभएको उनको बुझाइ थियो । राजेन्द्र लिङ्देनले राती राती कुन्डले , मुन्द्रेधारी गुण्डा परिचालन गरेर केहि नहुने भन्दै सुरक्षाको लागि प्रहरीनै प्रसस्त भएको बताए । काँङग्रेस रक्तबिज भएको पार्टी भएकोले देशमा सवै शासन समाप्त भएपनिकाँङग्रेस कहिल्यै नसकिने उल्लेख गरे । ‘गाइलाइ श्रीपेच बनाउन मिलदैन, सहकर्मीले विगतको इतिहास भुल्न हुदैन’ भन्दै स्वार्थीको राजनीतिले देश नबन्ने ठोकुवा गरेका थिए ।  कार्यक्रममा प्रदेश ‘क’का उम्मेदवार भुमी राजवंशी, महासमिति सदस्य ओम प्रकाश सरावगी,समानुपातिकका उम्मेदवारले आ– आफनो धारणा राखेका थिए ।