इटहरी / इटहरीमा चौधरी ग्रुपको उत्पादन वाईवाईले इटहरीमा आइकन नुडल्स वारको शाखा खोलेको छ । इटहरी पश्चिमलाईमा खोलिएको वाइवाई सिटीको शुभारम्भ गरेको छ ।
वाइवाई सिटीको सीजी ग्रुप ग्लोवलका कार्यकारी निर्देशक वरुण चौधरी र कोशी मेची प्रमुख पुष्कर घिमिरले बताए । वाइ वाइको स्वाद स्कुले विद्यार्थी, कलेजका विद्यार्थी साथै हरेक उमेर समुहका मान्छेहरुका लागि लोकप्रिय रहेकोले यहाँका माग बमोजिम शाखा खोलेको पनि घिमिरेले जानकारी दिए । अजिना मोटा विना तयार भएका परिकारहरु वाइ वाइ सिटी उपलब्ध हुने हुँदा स्वस्थ्य र गुणस्तरीय रहने पनि उनको भनाई छ । उनका अनुसर वाइ वाइ सिटीमा विभिन्न प्रकारका नुड्ल्सहरु उपलब्ध हुनेछन् ।
विभिन्न १८ प्रकारका तरकारीहरु १० प्रकारका मसलाहरु र ५ प्रकारका अतिरिक्त स्वादमा रहने पनि उनले बताए । वाइ वाइ सिटीमा ग्राहकहरुले आफ्नै आँखा अगाडी आफ्नो रोजाइका परिकारहरु पकाएको हेर्न सक्नेछन् । वाइ वाइ नुडल्सले आगामी ५ वर्षभित्रमा कुल रु ४०० करोडको लगानीमा नेपाल लगायत अरु विभिन्न मुलुकहरु भारत, अष्ट्रेलिया, जर्मनी, मध्यपूर्व, संयुक्त राज्य अमेरिका, मलेसिया र यु.के. मा १५०० वटा वाइ वाइ सिटीको स्थापना गर्ने लक्ष्य राखेको सीजी ग्रुप ग्लोवलका कार्यकारी निर्देशक वरुण चौधरीले बताए ।
उनले आगामी ६ महिनाभित्र नेपाल को काठमाण्डौं, भरतपुर, धरान, पोखरा, बिर्तामोड, बिराटनगरमा संचालनको लागि प्रकृया अघि बढाईने पनि जानकारी दिए । अहिले नेपाल र भारत गरी अहिलेसम्म १५ वटा वाइ वाइ सिटीका शाखाहरु खोलिसकेको पनि उनले बताए ।