शनिश्चरे/निर्वाचन प्रचार प्रसारका गतिविधिहरु मात्र भइरहेको यो सयममा हुन सक्ने रगतको अभावलाई ध्यानमा राखेर मोरङको पथरी जेसीजले आफ्नो स्थापना दिवशका अवसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग र स्थानीय पथरी हस्पिटलको व्यवस्थापकीय सहयोगमा पथरी चोकमा सम्पन्न कार्यक्रममा ३६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक इश्वर सापकोटाले जनाए ।
यसवेलाको देशमा राजनीतिक गतिविधि मात्र भई रक्तदान सहितका अन्यखाले कार्यक्रम खासै नभएको अवस्थामा हुनसक्ने रगतको अभावलाई ध्यानमा राखेर छैटौं स्थापना दिवशलाई रक्तदान कार्यक्रममा रुपान्तरण गरिएको पथरी जेसीजका अध्यक्ष यादवचन्द्र दुलालले बताए ।