मोरङ । मोरङको उर्लाबारी नगरपालिका ७ स्थित बरगाछीमा शुक्रबार स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
साँझ सवा ५ बजे भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु २९ प ९७०४ नम्बरको (अन टेष्ट) स्कुटरले पैदल यात्री रतुवामाई नगरपालिका ८ बस्ने ४५ बर्षिय ध्रुब सिलवाललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाईते सिलवाललाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। स्कुटर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।