धरान/बिकासको मूल फुटाउने ‘विकासे नारा’ लिएर घरघरमा उम्मेदवारहरु भोट मागिरहँदा बर्जु गाउँपालिका–६, की सेमा चौधरी चाही हसियाँ बोकेर धान काट्न मेलो लाग्दै थिइन् । हामीले उम्मेदवारलाई विकास माग्ने बेलामा किन हिड्नु भएको भन्ने जिज्ञासामा नेताले विकास गर्ला भन्ने उनलाई रत्तिभर विश्वास लागेन ।
[caption id="attachment_62664" align="alignnone" width="979"]
धान काट्न हिडेका बर्जु गाउपालिका–६ का चौधरी महिलाहरु । तस्बिरः भोजराज[/caption]
उम्मेदवारहरु घरघरमा आउँदा ‘रोड बनाइवे, पुला बनाइवे (रोड बनाइदिन्छु, पुल बनाइदिन्छु)।’ भन्दै आउँछन् । तर, बनाउँदैनन् । त्यसैले उनलाई उम्मेदवारको भन्दा पनि धान काट्ने चिन्ताले पिरोलेको थियाे । २०४८ सालदेखि सुनसरी क्षेत्र नम्बर ३ मा जित्दै आएका विजयकुमार गच्छदारले यस्तै विकासे नारा लिएर आए । तर, बनाएनन् । त्यसैले सेमा जस्तालाई नेताहरुको विश्वास नै छैन् ।
‘जित्वे तो वनाइवे न करैछेँ (जितेपछि बनाउँदै बनाउँदैन) ।’ उनी भन्छिन् । उनीसँगै धान काट्न हिडेकी सुन्तलीदेवी चौधरीको भनाइ पनि उनको भन्दा फरक थिएन। ‘भोट मागैवे टाइम जित्वे त ये वनाइवे, वो वनाइवो करैछे (भोट माग्ने बेलामा यो बनाउछु, उ बनाउँछु भन्छ) ।’ सुन्तलीदेवी भन्छिन् । उनीहरुलाई कुनै नेताप्रति पनि विश्वास छैन ।
किनकी गएको बर्खामा उनीहरुको गाउँ नै बाढीले डुवायो । १५–१६ दिनसम्म रासनपानी बिना भोकभोकै बस्नु प¥यो । त्यो बेला कुनै नेताले गाउँ टेकेनन् । अप्ठ्यारो पर्दा गाउँ नटेक्ने नेताहरुले जिते पछि गाउँ टेक्लान त्यो विश्वास छैन । धेरै पटक जितेका विजयकुमार गच्छदार नै उक्त गाउँमा थोरै पुग्छन् । भोट माग्ने बेलामा मात्रै आउने गरेको उनीहरु बताउँछन् ।
सेमा र सुन्तलीदेवीलाई मात्रै त्यस्तो लाग्दैन, गढी गाउँपालिका–४ का छेदी दास, लखनरामलाई पनि उम्मेदवारहरुले विकास गरिदेला भन्ने विश्वास पटक्कै लाग्दैन । दास भन्छन्, ‘जितेर जान्छु भने बनाउँछु भन्छ । तर, बनाउँदैन ।’ उनलाई हामीले नेताहरुले अव बनाउँछन् होला नि त भनेर सोध्दा दास र लखनरामले ठाडै भने, ‘बनाउँदैन ।’ लखनरामले थपे, ‘जितायो गयो, आफ्नै खल्तीमा हाल्यो । केही गरेन ।’
गएको बर्खामा उनीहरुको गाउँ नै बाढीले डुवायो । १५–१६ दिनसम्म रासनपानी बिना भोकभोकै बस्नु प¥यो । त्यो बेला कुनै नेताले गाउँ टेकेनन् । अप्ठ्यारो पर्दा गाउँ नटेक्ने नेताहरुले जिते पछि गाउँ टेक्लान त्यो विश्वास छैन । धेरै पटक जितेका विजयकुमार गच्छदार नै उक्त गाउँमा थोरै पुग्छन् । भोट माग्ने बेलामा मात्रै आउने गरेको उनीहरु बताउँछन् । |
उनीहरुले गच्छदारलार्इ तीन–तीनपटक भोट हालिसके । जितेर गएपछि एकपटक पनि फर्किएनन् । जसका कारण उनीहरु रुष्ट देखिए । नेताहरुले केही गर्दैनन् भन्ने उनीहरुलाई लाग्छ । ‘कुनै नेताले पनि गर्दैन ।’ लखनराम थप्छन् । उम्मेदवारप्रति अधिकांस मतदाताहरु सकरात्मक देखिएनन् । भोट माग्ने र जितेपछि फर्किएर नआउने प्रवृतिका कारण पनि नेताप्रति मतदाताको फरक मत देखियो ।
सुनसरी क्षेत्र नम्बर ३ बाट अहिले लोकतान्त्रिक गठबन्धनबाट फेरि पनि विजयकुमार गच्छदार नै उठेका छन् । बामगठबन्धनबाट भगवति चौधरी उठेकी छन् । यी दुई मध्ये एकले जित्ने दाबी मतदाताहरु गर्छन् । तर, सबै उस्तै हो भन्न उनीहरु पछि पर्र्दैनन् । उनीहरु नेताहरु हारे पनि, जीते पनि फर्किएर मतदाताहरुको गुनासो सुनिदिओस् भन्ने चाहाना राख्दा रहेछन् ।
उम्मेदवारहरु जसरी घरदैलोमा विकास कार्यक्रम ल्याउँने भन्दै भन्छन् त्यो पूरा नगरे पनि बेलाबेलामा आइदिए मतदाताहरुलाई सान्तवना पुग्ने राजनीतिलाई नजिकबाट बुझेका बर्जु गाउँपालिका–६ का मतदाता वालिम चौधरी बताउँछन् । ‘नेताहरु हारे पनि, जिते पनि एकदुई पटक गाउँ आइदिनुपर्छ ।’ उनी भन्छन्, ‘तर, हाम्रा नेतामा त्यो परिपाटी छैन ।’