सुनसरी/ मुलुकलाई अहिले चुनावले छपक्कै छोपेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर उनीहरुलाई फकाउन अनेक तरिका अपनाइरहेका छन् । त्यस्तै सुनसरी क्षेत्र नम्वर २ (क) का कांग्रेसका उम्मेदवारले भने मतदातालाई आकर्षित गर्न बिज्ञानका आबिस्कारको भरपूर उपयोग गर्दै नौलो तरिका अपनाएका छन् ।
सुनसरी क्षेत्र नम्बर २ प्रदेश ‘क’ का काग्रेसका चर्चित युवा नेता हेमकर्ण पौडेलको चुनावी प्रचारमा रोबोटको प्रयोग गरिएको छ । रोबोटले मान्छे नजिक जय नेपाल भन्दै हेमकर्णको चुनावी एजेन्डा सहित प्रचार सामाग्री बाढ्ने गर्छ । अनि मानिसहरुसँग आसन्न निर्वाचनका लागि हेमकर्णलाई रुखमा भोट हालेर जिताउन आग्रह गर्ने गरेको रोबोट लिएर काठमाण्डौबाट इटहरी आईपुगेका आर्दश मल्लले भने । चुनाबकै लागी बनाएको रोबोटले भोट माग्ने काम गरीरहेको छ मल्लले थपे ।
रोबोटलाई हेमकर्ण लगायत काग्रेसका उम्मेदवार जिताउँन काठमाण्डौबाट युवाहरुको.टोली आएका छन । भोट हाल्न गरेको अपीललाई सर्वसाधारणहरुले निकै मज्जा मानेर हेर्छन् । ‘प्रविधिसँग समाजलाई जोड्न सकिने उदाहरणको रुपमा मैले प्रचारमा यस्तो शैली अपनाएको हुँ उम्मेदवार पौडेलले भने । रोबोट’को प्रयोगलाई युवापुस्ता र प्रविधिको प्रयोगबाट आफूले निर्वाचन क्षेत्रलाई विकास र सम्बृद्धिको बाटोमा अगाडि बढाउँछु भन्ने एउटा सांकेतिक प्रस्तुति गरेको उनको भनाई थियो ।
रोबोटको चुनावी प्रचार गरेको पूर्वी नेपालकै लागि विल्कुलै नौलो प्रयोग भएको दाबी गरिएको छ । सेन्सर जडित रोबोट मानिसहरु भएको ठाऊँमा जान्छ । सुनसरी क्षेत्रनम्वर २ क का चर्चित युवा नेता हेमकर्ण पौडेलले जनतासँग भोट माग्ने नयाँ प्रविधि अपनाउँदा चुनाव रोमाञ्चक बनाईरहेको छ विद्यार्थी नेता विक्रम घिमिरेले भने । प्रचार शैली हामीले फरक किसिमबाट गरेका छौ सामाजिक सञ्जालमा पनि हेमकर्णको चर्चा ब्यापक छ उनले थपे ।
नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ सुनसरीका सचिव नविन कटुवाल हेमकर्ण जिताउँन युवाहरु औरात्र खटिरहेको वताए । यसपालीको चुनाव हेमकर्णकै पक्षमा रहेको भन्दै यसपाली एमालेको किल्ला इटहरीमा काग्रेसले जित्ने उनको दावी छ । युवाहरुको सर्वाधिक चर्चामा रहेका हेमकर्णले इटहरीका १ देखि ५ र १६ देखि २० नम्वर बडामा एमालेको भन्दा बढि मत ल्याउँने कटुवालको भनाई थियो ।
पौडेल २०५५ सालमा जनता बहुमुखी क्याम्पस इटहरीको स्वबियु सभापति,तरुण दल सुनसरीको सचिब,नेपाल बिद्यार्थी संघ सुनसरीको सचिब,पार्टीको क्षेत्रीय सदस्य हुादै २ कार्यकाल इटहरीको नगर सभापति भईसकेकाछन । हेमकर्ण राजनीतिक संयन्त्र इटहरीका प्रभावशाली सदस्य, विपद् व्यवस्थापन समिति इटहरीको संयोजक समेत हुन । इटहरीलाई महानगर र प्रदेशिक राजधानी एक घर एक रोजगार , सेरा खोलाको बाढीको स्थायी नियन्त्रण , तालतलैयामा राष्ट्रियस्तरको चिडियाखाना निमार्ण गर्ने लक्ष्य लिएका पौडेलको जनलहर बढेको काग्रेसीहरुको दावी छ ।