[caption id="attachment_62601" align="aligncenter" width="1920"]

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहाल[/caption]
ताप्लेजुङ /निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सरकारले निर्वाचनलाई प्रभावित गर्ने महत्वपूर्ण निर्णय गर्नु आचार संहिता विपरित रहेको भन्दै आयोगको ध्यानाकर्षण भएको बताए ।
ताप्लेजुङका सञ्चारकर्मि सँग शुक्रबार कुराकानि गर्दै आयुक्त दाहालले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ती र दीर्घकालीन महत्व राख्ने निर्णय गर्नुले आचार संहितको ठाडो उल्लंघन भएको बताए ।
उनले यस अघि पनि सरकारले गरेको आचार संहिता विपरीतका निर्णय सच्याउन र निर्णयमा आयोगले असहमति जनाएको बताउँदै निर्वाचन प्रभाव पर्ने निर्णय गरे सरकारलाई पनि पुन स्पस्टीकरण सोध्ने बताए ।
उनले पुर्वमा दलहरु र उम्मेदवारले आचारसंहित विवरीत गरेका कार्यमा स्पस्टिकरण सोध्ने देखि लिएर आचार संहित विवरीत टाँगिएका र राखिएका पर्चा पम्पप्लेट हटाउने कार्यमा पनि आयोग सक्रिय रहेको बताए ।
पहिलो चरणमा सम्पन्न निर्वाचनको मत गणनाका विषयमा सञ्चारकर्मिले राखेको जिज्ञासामा दाहालले २१ गते साँझ पाँच बजे देखिनै सबै स्थानमा मतगणाना हुने र क्रमस थोरै मतदाता भएका जिल्लाबाट मत गणनाको परीणाम आउने बताए ।
दोस्रो चरणमा हुन लागेको निर्वाचन हुने जिल्ला अझै संबेदनसिल रहेको बताउँदै आयुक्त दाहालले निर्वाचनको सुरक्षाका लागि सरकारलाई विषेश ध्यान दिन बारम्बारको छलफल र बैठकमा निर्देशन दिएको बताए ।
दोस्रो चरणमा निर्वाचन हुन लागेको मेचिका ईलाम र झापाको निर्वाचन पुर्वको तयारी र आचार संहिताको पालानाका विषयमा अनुगमन गर्न पुर्व आउनुभएका दाहाल पहिलो चरणमा निर्वाचन सम्पन्न भएका पाँचथर र ताप्लेजुङको मतपेटिकाको सुरक्षाका विषयमा अनुगमन गर्न ताप्लेजुङ आएको हो ।