भद्रपुर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग भएको वाम गठबन्धन पराजय हुनु भनेको एमालेलाइ लाज हुने भएकोले रात दिन लागेर वाम गठबन्धनलाइ जिताउन आग्रह गरेका छन् ।

झापाको क्षेत्र नम्बर ३ स्थित भद्रपुरमा विहीवार अपरान्ह् आयोजित संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा गठबन्धन भएकोले गाइ चुनाव चिन्हमा मत दिनु भनेको एमालेलाइ दिनु जस्तै भएको उल्लेख गरे । काँग्रेस सरकारमा हुदा भएको नाकाबन्दीको विषयमा चुइँक्कनबोल्ने पार्टीले अहिले गाँउमा गएर धाक लगाउनु बिचारा काँग्रेस भएको समेत उनले औल्याए । काँग्रेस इमानमा अडिदैन भन्ने दुनियाँलाइ जानकारी हुदा हुदै अहिले आएर राप्रपासंग गठबन्धन भएको झापा– ३ मा एमालेले ‘म्याच फिक्सिङ्ग’ को हल्ला लिएर आएको बताए । ‘एमालेले जसलाई समर्थन गर्छ खुल्ला रुपमा गर्छ, जालसाज गर्ने जादैन ।’ जे बोल्छ त्यो गरेरै छाड्छ । भित्र एउटा बाहिर अर्को कहिल्यै गर्न जान्दैन उनले थपे । कम्युनिष्ट सरकार आयो भने अधिनायकवाद आउने हल्ला पिटाएर हिड्दै गरेको काँग्रेसले राजतन्त्र फाल्ने विषयमा एमाले मात्र बोलेको स्मरण गराएका थिए । देश विकास भन्दा पनि जनता अल्मल्याउने काम काँग्रेसले गरेकोले अब एकजुट भएर विकास,भष्ट्रचार नियन्त्रण, गरिबी उन्मुलन जस्ता काममा समय खर्चिनु अबको आवश्यक्ता रहेको धारणा राखेका थिए ।

विहीवार सञ्चार माध्याममा एमालेले झापा– ३ मा काँग्रेससंग ‘म्याच फिक्सिङ्ग’ गर्छ भनेर आएको समाचारको विषयमा ‘म्याच फिक्सिङ्गको नाममा गठबन्धनलाई लत्याएर एमालेले कसैसंग फोहोरी खेल खेल्दैन’ ओलीले सभामा भने, ‘फोहोरी खेल खेल्नु थियो भने एमालेले पहिले नै खेल्थ्यो ।’ उनले भने ‘हामी वचनको पक्का छौ, दायाँ–बायाँ गर्न जान्दैनौ ।’ झापा ३ मा राप्रपालाई कुनै हालतमा धोका दिदैनौ, उनले प्रस्टाए । म्याच फिक्सिङ्ग जाली र फटाहाका कुरा भएकोले राप्रपालाइ राष्ट्रिय पार्टी हुननदिन काँग्रेसले मिलिजुली षडयन्त्र ल्याएको आरोप लगाए ।  झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार रहेका काँग्रेसलाई आफुहरुले लतारेर गणतन्त्रमा ल्याएको बताए । उनले भने, ‘काँग्रेसलाई गणतन्त्रमा कसरी ल्याइयो भन्ने कुरा कृष्णप्रसाद सिटौलालाई थाहा छ ।’ कार्यक्रममा वाम गठबन्धका प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र लिङ्देनले ३ नम्बर क्षेत्रमा २५ वर्षसम्म नभएको विकासको काम ५ वर्षमा गरेर देखाइदिने ठोकुवा गरेका छन् । भष्ट्रचार गर्नु भनेको आमाको रगत खानु जस्तै भएकोले मतदाताको शिर उधो पार्ने काम नगर्ने प्रतिवद्धता जनाएका छन् । वाम गठबन्धन क्षेत्र नम्बर ३ का प्रचार प्रसार संयोेजक पुष्पराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा १ र २का उमेदवार वसन्त बानीयाँ,पुर्ण सिह राजवंशी,सांसद मोहन टुडुले, क्षेत्र नम्बर १ का राम कार्कीले बोलेका थिए । ओलीले झापाको विर्तामोड र दुधेमा समेत चुनावी सभालाइ सम्बोधन गरेका थिए ।