धरान/ लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार एबम नेपालि कांग्रेसका युबा नेता किशोर राइले निर्बाचनमा उमेद्वार बिजयी हुदा जनताले आफुले जितेको महसुस गर्न सक्ने उमेदवारलाई मात्र भोट दिएर जिताउनुपर्ने बताए । नेपाली कांग्रेस र संघिय समाजबादीको संयुक्त लोकतान्त्रिक गठबन्धनको बुधबार धरान वडा नम्बर उन्नाइसमा भएको संयुक्त घर दैलो कार्यक्रममा मतदाताहरुलाई भेत्नेक्रममा नेता राइले सो कुरा बताए । उनले भने,” हामि यस्तो उमेद्वारलाई जिताउनुहोस् , जहा उमेद्वारले मात्रै होइन तपाइँ स्वयम्ले जितेको महशुस गर्न सक्ने अवस्था होस् ।” बितेको तिन दशकमा धरानमा पाँच–सात जना उमेद्वारले जितीसक्दा पनि त्यो जितमा धरानका जनता खुसि हुन सक्ने अवस्था अहिले सम्म बन्न नसक्नु दुखद भएको बताउँदै निर्बाचनमा उमेदवारले जितेको चुनाबको बिजय जनताको विजयमा रुपान्तरित हुन नसक्दा धरानको बिकाश र सम्रिद्दी रोकिएको बताउनु भएको छ । धराने जनताको जित आफ्नो लागी सर्बोपरी रहेको बताउँदै राइले भने, “हामि जागरुक छौ । हामि प्रतिबद्द छौ । हामि हाम्रो जितलाई व्यक्तिगत जित होइन । यस क्षेत्रको जनताको जितमा रुपान्तरित गर्ने छौ । नेपालि जनताको जितमा रुपान्तरित गर्ने छौ । ” सुनसरी १ बाट पूर्व निर्बाचितहरुको भूमिकाको चर्चा गर्दै नेपाली कांग्रेसका पूर्व नगर अध्यक्ष रहिसकेका राइले भने, “नेकपा एमालेले अहिले सम्म तपाइँ जनताको बारेमा चिन्ता गर्ने धरानको बिकस गर्ने नेता नउठाएर उमेद्वार नामको लौरो मात्र उठाउने गरेकाले तपाइँ धराने जनताको जिबन स्तर नउठेको हो। ” प्रदेश सभा तर्फ सुनसरी एक (क) का उमेद्वार राइले मतदाताहरुले उमेद्वार छान्दा ध्यान ध्यान दिन आग्रह गर्दै भने, “ यस्तो मान्छे छान्नुहोस । जसले तपाइहरुको मनको कुरा बुझेर काम गर्न सकोस । हाम्रो धरानलाई सम्रिद्दी र बिकाशमा माथि उठाउन योगदान दिन सकोस् ।“ उमेद्वार राइले धराने जनताले पानीको हाहाकारले काकाकुल हुनुपरेको बताउँदै लोकतान्त्रिक गठबन्धनले जिते धराने जनताको कानेपानिको समस्या हल गर्ने बताए । उनले भने, “खानेपानि आयोजनाको बिरोध हुँदा कांग्रेसको सभापतिको हैसियतमा यहि किशोर राईले अगाडी सरेर आयोजना संचालनको लागि बाताबरण बनाएको हो । आयोजना सफल पार्न धेरै कसरत गरेको हो । यो आयोजना जसरि पनि सफल हुन्छ । म बाचा गर्छु । हामि सफल पार्छौ । धराने जनतालाई खानेपानीको हाहाकार हुन दिदैनौ । “ आफुले जितेमा धरानलार्इ नयाँ मोडलामा बिकाश गर्दै मिनी हंगकंग बनाउने समेत बताए ।