धरान । संघिय समाजवादी फाेरम नेपालका वरिष्ठ नेता अशाेक रार्इ अहिले सुनसरी क्षेत्र नं. १ मा चुनावी अभियानमा व्यस्त छन् । प्रतिनिधी सभा सदस्य बन्नकाे लागी उनी सुनसरी क्षेत्र नं. १ मा चुनाव लड्न अाइपुगेका छन् । उनलार्इ नेपाली कांग्रेसले समेत समर्थन गरेकाे छ भने उनकाे प्रतिद्वन्दी बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका जयकुमार रार्इ रहेका छन् ।
अशाेक रार्इ एमालेकै पूर्व नेता भएकाेले विभिन्न सञ्चार माध्यममा अशाेक रार्इलार्इ गुरू र नेता जयकुमार रार्इलार्इ चेलाकाे रूपमा समेत चर्चा भयाे । अशाेक रार्इ राष्ट्रिय राजनीतिमा अाफ्नाे छवि बनाएका नेता हुन् भने जयकुमार रार्इ पनि उदाउदाे युवा नेता हुन् । यसै सन्दर्भमा अहिले अशाेक रार्इलार्इ हेवीवेट र जयकुमार रार्इलार्इ लाइटवेट भनीरहदा जयकुमार रार्इले यसरी प्रतिवाद गरेका छन् ।
'खेलकुदको नियममा होला, हेभीवेट र लाइट वेट, तर पोलिटिक्समा त्यस्तो हुँदैन । उहाँबाट हामीलाई केही चुनौती हुँदैन ।
सुनसरी १ हाम्रो पार्टीको पकड एरिया हो । हिजो हाम्रो पार्टीले जितेर यहाँ धरान नगरपालिकाको विकासमा थुप्रै लोकप्रिय कामहरु गरेको छ । केन्द्रमा पनि जितेर थुप्रै लोकपि्रय कामहरु हाम्रो पार्टीले गरेको छ । यहाँको स्थानीय तहमा पनि हामीले अत्यधीक बहुमतले जितेका छौं । यहाँ एमालेको पकड रहेको र अहिले वाम गठबन्धन भएको हुनाले यो गठबन्धनका उम्मेदवारलाई कुनै शक्तिले हराउन सक्दैन ।'