ताप्लेजुङ/ ताप्लेजुङमा काँग्रेशका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई जना एमाले कार्यकर्ता सक्त घाईते भएका छन् । घाईते हुनेमा याङ्वरक गाउँपालीका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन् ।
रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागिको प्रहरीले बताएको छ । दुबै जना घाईते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोस खतिवडाले जनाएका छन् । घटना राजनितिक पुर्वाग्रहका आधारमा भएको खतिवडाको आरोप रहेको छ । उनिहरु माथि नेपाली काँग्रेशका मनोज खिमदिङ र झरेन्द्र लिम्बु सहितको समुहले खुकुरी प्रहार गरेको खतिवडाको भनाई छ । उनिहरु माथि आईतबार विहान करीब २÷३ बजे को समयमा सोहि स्थानमा रहेको कालिका मावि नजिकै आक्रमण भएको घाईतेले बताएका छन् । आफुहरु साथिकोमा गएर विहानै घर फर्कने क्रममा आक्रमण भएको घाईतेले बताएका छन् । खुकुरी प्रहार गर्ने मनोजको समुह फरार रहेकाले खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिए । यता नेपाली काँग्रेशकी जिल्ला सभापति लिलादेवि बोखिमले एमालेले उनिहरुलाई चुनावलाई प्रभाव पार्न पैसा बाड्न पठाएको र खोस्न खोज्दा दोहोरो झडप भएको बताए । घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । घाईते दुबै जनाको जिल्लामा उपचार हुन नसके पछि जिल्ला बाहिर रेफर गरीएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।