धरान । नेपालि कांग्रेसका युबा नेता एबम सुनसरी निर्बाचन क्षेत्र नं १(क) बाट प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेद्वार किशोर राइले नेपालका कम्युनिष्टहरुले बनेको कुरा विगार्ने र भताभुंग मात्रै पार्ने गरेको आरोप लगाउनुभएको छ । आज धरान १४ स्थित विजयपुरमा आयोजित घर दैलो एबम कोणसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै राइले सो कुरा बताउनु भएको हो ।
‘एमाले र माओवादी पार्टीस“ग देशको विकास गरेको र आर्थिक समृद्धि ल्याएको हैन, बिगार्ने र भत्काउने कामको अनुभव बढि छ । ’ उमेद्वार राइले भन्नुभयो, ‘बाम गठबन्धनको बहुमत पुग्यो भने तिनले धर्म, संस्कृति, परम्परा , इतिहास र बनेका सबै कुराहरु तहसनहस बनाउछन् ।‘ विजयपुर एतिहासिक ठाउ रहेको र यस क्षेत्रको ऐतिहासिकता र गरिमालाइ बचाउन धरानलाई राजधानीको रुपमा बिकास गर्न लोकतान्त्रिक गाठबन्धन घटक नेपालि कांग्रेस , संघिय समाजबादीले पहल गरिरहेको बताउनु भयो ।
एमालेकै कारण धरानको बिकास नभएको दाबि गर्दै राइले धरानको बिकाश गर्न एमालेलाई पाखा लगाउनै पर्ने बताउनु भयो । सस्तो नारा दिएर गरिब जनतालाई झुक्याउनमा एमाले र माओवादीका कार्यकर्ता माहिर रहेको आरोप लगाउदै राइले भन्नुभयो , “हामीले जे भन्छौ, त्यही गछौं, जति सक्छौ,त्यति भन्छौ ।”
आदर्शविहिन बाम गठबन्धन बनाउनुको कुनै औचित्य भएको बताउदै भन्नुभयो, “जनता मारेर स्वार्थ पूरा नभएपछि बामएकता भएको हो ।” एमाले र माओवादीलाई प्रश्नगर्दै धरान कांग्रेसका नेता समेत रहेका राइले भन्नुभयो,“बाम गठबन्धन गर्दैमा सबै विकास र निकास आउथ्यो भने किन १० वर्षे जनयुद्ध गरेर १७ हजार नेपालीको हत्या गरेको ?”
आज धरान १४ मा भएको चुनाबी सभालाई सम्बोधनगर्दै उहाले नेपालका कम्यूनिष्टहरुमा कुनै मौलिकत नभएको भन्दै विदेशी नेताको पूजा गर्ने पार्टी राष्ट्रवादी हुनै नसक्ने दावी गर्नुभयो । उहाले अहिले बाम गठबन्धन राष्ट्रिय आवश्यकता भन्दा पनि विदेशीको इशारामा नै भएको आशंका पनि व्यक्त गर्नुभयो ।
नेता राइले नेपाली जनतालाई राजनीतिक अधिकार दिलाएर लोकतान्त्रिक पद्धतिमार्फत आर्थिक समृद्धि हासिल गर्न स्थापित नेपाली कांग्रेसले राजनीतिक लक्ष पूरा गरेको उल्लेख गर्दै अब समृद्धिको यात्राको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्ने बताउनुभयो ।
चुनावी सभामा मिना सुब्बा , दुर्गामाया लिम्बु सहितका बक्ताहरुले बाम गठबन्धन बनाएर एकदलीय अधिनायकवाद स्थापना गर्ने लक्ष्य पूरा नहुने बताउनुभयो ।