शनिश्चरे/  राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमकमा रहेको घरमा भएको वम विष्फोटको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष डाक्टर नविन चापागाईं र वरिष्ठ उपाध्यक्ष धनञ्जय वास्कोटाले शनिवार विज्ञप्ति जारी गर्दै निर्वाचनको संघारमा उम्मेदवारको घरमा वम विष्फोट गराउनु मानव अधिकारको ठाडो उल्लंघन र शान्ति सुरक्षाको ठाडो चुनौती भएको जनाएका छन् । विज्ञप्तिमा, सरकार पक्षले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु तथा मानवअधिकारको रक्षा गर्नु प्रमुख दायित्व भएकोप्रति ध्यानाकर्षण गराइएको छ । ओली निवास अगाडिको गेटमा शुक्रबार राती राखिएको २ वटा वम मध्ये एउटा पड्किएको र एउटा सेनाको टोलीले निस्कृय पारेको थियो ।